यी हुन मेलम्चीको पानी ल्याउन आईपर्ने ९ चुनौती

  २०७६ वैशाख २३ गते ८:१७     भीम प्रसाद उपाध्याय

भीम प्रसाद उपाध्याय, पूर्व सचिव

काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काम विगत साढे चार महिनादेखि ठप्प छ । ठेकेदार कम्पनी सीएमसीले ठेक्का तोडेर फर्किएपछि काम रोकिएको हो । अब मेलम्ची खानेपानी आयोजनालाई कसरी अघि बढाउने भन्ने कुरा प्रधानमन्त्री केपी ओलीको हातमा छ । मेलम्चीको पानी ल्याउन त्यति सहज भने छैन्, त्यहाँ करिब एक दर्जन समस्याका छन् ।
यस्ता छन मेलम्चीका समस्या

१) सम्पन्न भएपछि आयोजनाको सुसंचालन, दायित्व र मर्मत सम्भार र वारेन्टी, आईपर्ने अपरेशनल डिफेक्ट र प्राविधिक जिम्मेवारी कसले कसरी लिने ?
२) विभिन्न ठेक्का प्याकेजबीच समन्वय र प्राविधिक सुपरभिजन र ठेक्का प्रशासन एवं प्रवन्धन कसले कसरी गर्ने ?
३) निर्माण ठेक्काको दरको निर्धारण प्रतिष्पर्धात्मक नै हो भनेर कसले निर्णय गर्ने र पुष्टयाई गर्ने दायित्व लिने ?
४) बॉकी काम सम्पन्न गर्न छिटो प्रकृयाको चयन र त्यसले आयोजना छिटो सम्पन्न हुन्छ भन्ने सुनिश्चितताको औचित्य कसरी प्रमाणित गर्ने, तोकिएको समयमा ती नयॉ ठेक्काहरू पनि विगतमा झैं समयमा पूरा हुन नसके त्यो प्रकृया चयन सही भएकै थियो भनेर कसरी पुष्ट्याई गर्ने ?
५) पूर्व ठेकेदारले तिर्न बॉकी भनिएको भुक्तानी उप ठेकेदार, सप्लायर्स र भेण्डरको करिब डेढ अर्व रूपैया कसरी भुक्तानी दिलाई समाधान गर्ने ? ती उपठेकेदारहरूको सम्भावित अपववरोध लाई कसरी संबोधन गर्ने ?
६) पूर्व ठेकेदारको निर्माण उपकरण, निर्माण सामाग्री, सम्पत्ति र धरौटी रकम जफत कसरी गर्ने, लिलाम गरी कसरी पुंजिकृत गर्ने ?
७) यी बॉकी काम गराउँदा आयोजनालाई थपिने आर्थिक दायित्वको भर्पाई पूर्व ठेकेदारसंग कसरी सोधभर्ना गर्ने ?
८) विगतमा आयोजना र पूर्व ठेकेदार बीचको भुक्तानी दाबी विवाद निरूपण गर्ने करिव ८।९ वटा मुद्दा लिएर सिंगापुरको ठेक्का ट्रिबुनलमा कहिले कसरी जाने ?
९) मेलम्ची र पूर्व ठेकेदार बिचको यो ठेक्का तोडिएपछि हुने नयॉ मुद्दा मामिलाका आर्थिक दाबी दायित्व तथा वकालती खर्च जोखिम कसरी निराकरण वा न्युनिकरण गर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.