प्रहरी प्रशासनले ज्यादती र दमन गरेको भन्दै नर्सहरुको कडा निन्दा

  २०७६ वैशाख २२ गते २१:०१     विकासन्युज

काठमाडौं। सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सहरुले जायज माग राख्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिँदा समेत प्रहरी प्रशासनले धरपकड, ज्यादती र दुव्र्यवहार गरेको भन्दै नर्सहरुले गम्भिर आपत्ति जनाएका छन् । अस्पताल प्रशासनले गरेको ठूलो विभेदकारी व्यवहारको विरुद्धमा आन्दोलन गर्दा प्रहरी प्रशासन लगाएर पक्राउ गरेको भन्दै उनीहरुले उक्त कदमको घोर निन्दा गरेका हुन् ।

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन मानव अंग प्रत्यारोपन केन्द्रले शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त अस्पतालमा कार्यरत र हाल आन्दोलनरत नर्सहरुले आन्दोलनकै क्रममा प्रहरी प्रशासनले हिजो (शुक्रबार) साँझ स्वास्थ्य मन्त्रालय हाताभित्रैबाट आफूहरुलाई पक्राउ गरेको भन्दै कडा भत्र्सना गरेका हुन् ।

अस्पतालका करिब दुई सय जना कर्मचारीको भविष्यमाथि नै खेलबाड गर्नेगरि पूर्ण स्थायी विज्ञापन गरिएको र स्थापनाकालदेखि कार्यरत विभिन्न तहका कर्मचारीहरुलाई घोर अन्याय हुनेगरि सूचना निकालिएकोप्रति असन्तुष्टि जनाउँदै आफूहरु बैशाख ११ गतेबाट पुर्व सूचनासहित चरणबद्ध आन्दोलनमा उत्रिएको उनीहरुले जानकारी दिए ।

यद्धपी आफूहरुले सुरुवातमा आकस्मिक सेवाबाहेक अन्य सेवाहरु बन्द गरेर अघि बढेको भएपनि अस्प्ताल प्रशासनले मन्त्रालयमा आफ्ना प्रतिनिधि पठाई कर्मचारीहरुमाथि कुनैपनि पूर्वाग्रह नराख्ने आश्वास दिईएको पनि उनीहरुको भनाई छ । त्यस्तै, कोहीपनि कर्मचारीलाई अन्याय हुनेगरि खाईरहेको जागिरबाट ननिकाल्ने भनि मौखिक रुपमा अस्पतालको सञ्चालक समितिका अध्यक्षले विश्वास दिलाएकै कारण आफूहरुले सेवा सुचारु गरेको उनीहरुको स्पष्टोक्ति थियो ।

तर, माग पूरा नभएसम्म आन्दोलन जारी रहेको सुचना दिईएको पनि उनीहरुको दाबी छ । पटक–पटक वार्ता भन्दै कर्मचारीहरुलाई न्यायोचित निर्णयमा नपुर्याउने र एकतन्त्रीय शासन लगाएर सबै कर्मचारी विस्थापित गराउने अस्पतालको सोच देखिएकोले आफूहरु पूनः चरणबद्ध आन्दोलनमा उत्रिएको पनि उनीहरुले सुनाए ।

आफ्नै स्टाफहरुलाई अमर्यादित तवरले गालीगलौच गर्ने र धम्की दिने तथा स्वास्थ्य मन्त्रालयमा गरिएको दुव्र्यवहार र प्रहरी दलबलको प्रयोगले आफूहरुमाथि अत्यचार भएको भन्दै उनीहरुले घोर भत्र्सना समेत गरे ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन मानव अंग प्रत्यारोपन केन्द्रकी सचिव नर्स रविता सिटीखुले विरामी र नर्सहरुबीचको सम्बन्ध राम्रो होस भनेर नै आफूहरु आन्दोलित भएको स्पष्ट पारिन् । उनले भनिन्,‘हामीले हाम्रो समस्याहरु सुनाउँदा वार्ड नै परीवर्तन गर्ने गरिएको छ ।’ आफूहरु बैशाख ९ गतेबाट कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएको र बैशाख ११ गतेबाट चरणबद्ध आन्दोलनमा होमिएको पनि उनले स्पष्ट पारिन् ।

उनले विरामीको क्वालिटी केयरको लागि नर्स र विरामीको अनुपात मिलाउनको लागि पनि आफूहरुल्े माग गरेको स्पष्ट पारिन् । उनले भनिन्,‘अस्पतालमा सेवा लिन आउने विरामीहरुलाई दुःख दिनु हुँदैन भनेर हामीले प्रत्यारोपणको लागि गरिने आवश्यक चेकजाँचको लागि अन्य निजी अस्पताल पठाउने काम गर्नुहुँदैन भनेर आवाज उठाएका थियौं । तर, अस्पतालले सुनाएन् ।’

नेपाल नर्सिङ संघ सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रकी ईकाई अध्यक्ष मिना खर्बुजाले अस्पतालका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले सुरुदेखि नै नर्सहरुमाथि विभेदकारी कदम चालेको र अन्यायमा पारेको सुनाईन् । उनले भनिन्,‘२०७२ सालमा नेपाल सरकारले स्थापनाकालदेखि कार्यरत कर्मचारुहरुलाई स्वतः स्थायी गर्ने भनेर चिठ्ठी पठाएको थियो । तर, निर्देशकले कर्मचारीहरुलाई त्यो अवसर प्रदान गर्नुभएन् ।’

अस्पताल प्रशासनले प्राविधिकतर्फमात्रै ध्यान दिएर लोकसेवा खुलाएको तर अन्य विभागमा नखुलाएकोमा पनि आफूहरुको आपत्ति रहेको खर्बुजाको भनाई छ ।

कार्यक्रममा नर्सिङ संघकी सदस्य जीता बरालले मृगौला प्रत्यारोपण गर्ने नर्सहरुप्रति विभेद र शोषण भएको सुनाईन् । उनले भनिन्,‘हामी बाध्य भएर पत्रकारहरुको माध्यमबाट हाम्रा भावनाहरु उठाउँदैछौं । हिजो नर्सहरुमाथि भएको प्रहरी ज्यातदी र दमनको म घोर विरोध गर्दछु ।’ अहिले दक्ष नर्सहरुलाई छोडेर सिकारु नर्सहरुलाई काम गर्न लगाईएको भन्दै यसो गर्दा विरामीको ज्यानै जानसक्ने पनिउनले खतरातर्फ अस्पताल प्रशासनलाई सचेत गराईन् ।

उनीहरुद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘यस्ता शासकविरुद्ध जुनसुकै बेला प्रतिकारलागि तयार रहेको सूचनासहित । दोषीमाथि कानूनबमोजिम सजाय दिनु सम्बन्धित सरोकारवाल तथा विभागीय मन्त्रालयको ध्यानाकार्षण गराउँदछौं ।’
पत्रकार सम्मेलनमा पीडित नर्सहरुले आ–आफ्ना गुनासो र पीडाहरु सुनाएका थिए । उक्त अस्पतालमा कार्यरत र अस्प्तालले दुई वर्ष अघि निस्काशन गरी पूनःवहाली गरिएकी नर्स सजना देउलाले नेपाल नर्सिङ संघ अहिले कमजोर भएको गुनासो पोखिन् । उनले भनिन्,‘हाम्रो अभिभावक संस्था नै कमजोर हुँदा देशभरिका नर्सहरु अन्याय र शोषणमा परेका छन् ।’ अन्यायमा परेका नर्सहरुलाई न्याय दिलाउन नसक्ने हो भने संघकी अध्यक्षले तत्काल राजीनामा दिनुपर्ने समेत उनको भनाई छ । उनले आफूले दुई वर्ष अघि यही रिपोर्टर्स क्लब नेपालमा आएर बोल्दा न्याय पाएको सुनाउँदै आफूहरुलाई देशैभरिका नर्सहरुले साथ दिने विश्वास दिलाईन् ।

उक्त अस्प्तालमा कार्यरत सम्पूर्ण कर्मचारीहरुमाथि शोषण भैरहेको पनि उनले आरोप लगाईन् । उनले भनिन्,‘नर्सिङ संघको अध्यक्ष तारा पोखरेललाई पटक पटक झक्झकाउँदा पनि उहाँले हाम्रा मागहरु बेवास्ता गर्नुभयो । यदि उहाँले माग पूरा गराउन सक्नुहुन्न भने तत्काल राजीनामा दिए हुन्छ । म संघको नेतृत्व लिन्छु।’

त्यस्तै अर्की नर्स प्रविणा कार्कीले आफूहरुले विगत लामो समयदेखि जायज माग राखेर अस्पतालको ध्यानाकार्षण गराउँदापनि उल्टै दमन हुने गरेको सुनाईन् । उनले भनिन्,‘अन्यायमा परेका नर्सलगायतका कर्मचारीहरुको पक्षमा बोल्नेलाई नै अस्पताल प्रशासनले निश्काषन गर्ने गरेको छ । अहिलेसम्म १२ जना नर्सहरु निश्काषनमा परेका छन् ।’

उक्त अस्पतालमा सोर्सफोर्स लगाउने र पहँुच भएकाहरुले तत्काल उपचार पाउने गरेको तर गरिब जनताहरुले समयमै उपचार पाउन मुश्किल रहेको पनि उनले सुनाईन् । उनले भनिन्,‘हाम्रा केही साथीहरुलाई ईन्चार्ज बनाईदिने प्रलोभन देखाएर आन्दोलन तुहाउने प्रयाससमेत भयो ।’ जायज माग राखी आन्दोलनमा उत्रिएकै बेला स्वास्थ्य मन्त्रालय परिसरभित्रैबाट आफूहरुलाई प्रहरीले पक्राउ गरेको र अत्यन्तै अमानवीय व्यवहार देखाएको पनि उनको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.