‘हुन्डाई फेस्टिभ डिलाइट २०७५’ मा भावना केसीले जितिन् ‘हुन्डाई आई २० एक्टिभ’

  २०७६ वैशाख २२ गते १८:२२     विकासन्युज

काठमाडौँ । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०७५’ का विजेताहरुको नाम घोषणा गरेको छ ।

सो अफर अनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको निःशुल्क बिमा साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट, लक्कि ड्र मार्फत १०० जना भाग्यमानी विजेताहरुलाई १०-१० ग्राम सुन र बम्पर लक्की ड्रबाट २ जनालाई हुन्डाई आई२० एक्टिभ र हुन्डाई क्रेटा जित्ने अवसर पाएका थिए ।

हुन्डाई फेसटिभ डिलाइट २०७५ अफरका विजेताको घोषणा लक्की ड्र मार्फत आइतबार सार्वजनिक गरिएको हो । सो कार्यक्रमको मुख्य अतिथि कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल र मिस नेपाल श्रृंखला खतिवडा थिए ।

हुन्डाई फेसटिभ डिलाइट २०७५ अफरको पहिला बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर ९०६ का हाउजिङ्ग एण्ड इन्स्योरेन्स डिपार्टमेन्ट, वेलफेयर प्लानिङ्ग डिरेक्टोरेट भावना केसी काठमाण्डौंले हुन्डाई आई २० एक्टिभ जितिन् ।
साथै हुन्डाई फेसटिभ डिलाइट २०७५ अफरको दोस्रो तथा अन्तिम बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर १६२२ का बद्री कुमार खड्का, दाङले हुन्डाई क्रेटा जिते । योजना २१ भदौदेखि ३० कात्तिक २०७५ सम्म लागु गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.