लेजर थेरापीले उठ्न नसक्ने मानिसलाई ७-८ दिनमा उठेर हिंड्ने बनाउँछ : डा. सुशिला वैद्य शाक्य

  २०७६ वैशाख २२ गते १५:०५     विकासन्युज

लेजर थेरापी विशेषज्ञ तथा महिला क्यान्सर रोग विशेषज्ञ डा। डा. वैद्यको राजधानी स्थित जावलाखेलमा लेजर थेरापी क्लिनिक नामक आफ्नै क्लिनिकमा रहेको छ। सुशीला शाक्य बैद्यले आज भन्दा १८ बर्ष देखी नेपालमा लेजर थेरापी भित्राउनुभएको हो। ३० हजार भन्दा बढी मानिसको उहाँले लेजर थेरापी मार्फत उपचार गरिसक्नुभएको छ। नेपालमा लेजर थेरापी भित्राउने उहाँ पहिलो व्यक्ती हुनुहुन्छ। लेजर भनेको एक प्रकारको विकिरण हो जसको मद्दतले गरिने उपचारलाई नै ‘लेजर थेरापी’ भनिन्छ। बिग्रेको कोषिकाहरूलाई पुनर्जीवन दिन लेजर थेरापी उपचार पद्धतिको प्रयोग गरिन्छ। प्रस्तुत छ डा. सुशिलासँग  बिकाशन्युजको लागि डोमी शेर्पा ले ‘लेजर थेरापी’ उपचार प्रविधीको बारेमा गरिएको अन्तर्वाता : 

के हो लेजर थेरापी ? यसको सुरुवात कसरी कहाँबाट भएको हो ?
विभिन्न किसिमका रोगहरु जस्तै भित्री–बाहिरी अंगको घाउ, दाग, नचल्ने अंगहरु, जोर्नीको दुखाई जस्ता शरीरका विभिन्न किसिमका रोगलाई बाहिर विकिरणको प्रभावबाट उपचार गर्ने प्रविधिलाई लेजर थेरापी भनिन्छ। यसको सिद्धान्त धेरै बर्ष पहिले अल्बर्ट आईन्स्टाईनले शुरु गर्नुभएको हो।

यसलाई रिसर्च गरेर उपचारको रुपमा प्रयोग गर्न सकिन्छ भनेर विभिन्न वैज्ञानिकहरुले पत्ता लगाएपछी यसको सुरुवात ४० बर्ष अगाडि अमेरिका र रुसमा भएको हो । विकसित मुलुकहरुमा मात्र यो सेवा उपलब्ध छ । यसको शिक्षा हाँसिल गर्ने ठाउँ भने अहिलेसम्म रुस(मस्को) र क्यानडामा मात्र रहेको छ।

यसबाट कुनकुन रोगको उपचार हुन्छ ? कुन रोगमा बढी प्रभावकारी हुन्छ ?

निको नभएका, दुखेका तथा सुन्निएका घाउहरु, मस्तिष्क पक्षघात, नाक, कान, घाँटीका रोगहरु, माईग्रेन, अनुहारको दाग, चाँयापोतो, ढाडको नशा च्यापिएका, घुँडा दुख्ने समस्या भएका, बाथ रोगका कारण मांसपेशीमा दुखाई भएका, हाडजोर्नी छालामा विभिन्न किसिमका घाउ र अन्य धेरै रोगहरुको यसबाट उपचार गर्न सकिन्छ। तर, बिशेष गरेर यसको असर लामो समयसम्म शरीरमा रहेका रोगहरुमा प्रभावकारी देखिन्छ । साथै पक्षघात भएका बिरामीलाई पनि यसले लाभ दिन्छ ।

लेजर विकिरणको पहिलो काम भनेको नै सुन्निएको घटाउने र रक्त कोषिका चाहिने ठाउँसम्म पुर्याउने हो

हाडजोर्नीको दुखाईमा लेजर विकिरण बढी प्रभावकारी देखिन्छ किनभने लेजर विकिरणको पहिलो काम भनेको नै सुन्निएको घटाउने र रक्त कोषिका चाहिने ठाउँसम्म पुर्याउने हो र निष्क्रिय भएर बसेका कोषिकालाई सकृया बनाउनु हो। यसले ४.६ सेन्टिमिटर भित्र गएर कोषिकाहरुलाई छालाको बाहिरीबाट विकिरण दिएर निको गर्दछ।

नेपालमा यसको सुरुवात कहिले भएको हो ? मानिसहरुले कसरी यसको बारेमा थाहा पाए ?
यसको सुरुवात नेपालमा १८ बर्ष अगाडि २००१ सालमा पहिलो पटक भएको हो । मस्कोमा २००१ सालमा शिक्षा हासिल गरेर फर्केपछी सानो एउटा मेसिनको सहायताले मैले यसको सेवा शुरु गरेको हुँं । सुरुवातको २-३ बर्ष मानिसहरुलाई यसको बारेमा जानकारी नभएका कारण एकदमै गाह्रो भयो । यसमा मैले प्रचारको अभाव देखेँ, जसकारण आफैँ लेखहरु लेख्न थालेँ, यसैक्रममा लेजर थेरापीले एकजना खुट्टा काट्नु पर्ने व्यक्तीले खुट्टा काट्नु नपरेको लेख पत्रपत्रिका छापिएपछि मानिसहरुले बिस्तारै यसको बारेमा थाहा पाएका हुन् । बिस्तारै मानिसहरुले आफु निको भएपछी अरुलाई बताउँदै गए र जनमानसमा यसले बिस्तारै आफ्नो स्थान बनाउँदै गए र मानिसहरुमा प्रभाव पर्दै गयो ।

नेपालमा यो प्रविधि भित्राउने विचार कसरी आयो ?
लेजर थेरापीको बारेमा पहिलो पटक मस्कोमा हुँदा थाहा पाएको हुँ । त्यसअघि म यसको उपचारको बारेमा अनभिज्ञ थिए । मस्कोमा रहने क्रममा मैले आफ्नो आँखा अगाडि लेजर थेरापीको उपचारले हिड्नै नसक्ने रोगीहरु हिडेको देखेँ, जसले मलाई नेपालमा पनि यो प्रविधि लैजानुपर्छ भन्ने सोच आयो । त्यसपछी मैले त्यहाँ यो बिषय पढेँ र नेपाल आउँदा एउटा लेजर मेसिन सहित यसको प्रयोगले धेरैलाई सेवा पुरयाउँछु भन्ने सोच राखेँ ।

मैले आफ्नो आँखा अगाडि लेजर थेरापीको उपचारले हिड्नै नसक्ने रोगीहरु हिडेको देखेँ, जसले मलाई नेपालमा पनि यो प्रविधि लैजानुपर्छ भन्ने सोच आयो ।

मस्कोबाट फर्केर सबैभन्दा पहिला मेडिकेयर अस्पतमा क्लिनिक शुरु गरे । त्यसपछि बिस्तारै मैैले आफ्नै क्लिनिक शुरु गरे । यी २ ठाउँमा काम गर्दै जाने क्रममा न्यूरोडमा पनि सेवा शुरु गरेँ । मैले यी ३ ठाउँमा काम गर्नाको कारण बिरामी हिड्न नसक्ने कारण धेरै टाढा जान सक्दैन थिए र धेरै मानिस यस उपचार पद्धतिको बारेमा जानकार थिएनन् । यसरी काम गर्दै जादाँ उपचार गर्नेको संख्या बढ्दै गयो । मेरुदण्डमा समस्या भएका कारण हिड्न नसक्ने बिरामीका लागी हिडडुलमा सहजता प्रदान गरेको छ । त्यस्तै, खुट्टै काटेर फाल्नु पर्ने अवस्थमा पुगेका बिरामीका लागि समेत नकाटी ठीक बनाएको उदाहरण पनि छन् । त्यस्तै मैले स्वास्थ सम्बन्धी विभिन्न लेख रचना मार्फत सचेतना जगाउन थालेँ । सुरुवाती ५ वर्षपश्चात यही क्षेत्रमा व्यस्तता अनुभव गर्न थालेँ । त्यससमयमा म प्रसुती सेवा र क्यान्सर रोगको उपचारमा समेत सक्रिय भएँ ।

अन्य उपचार विधिभन्दा यो किन फरक र बिशेष छ ?
यो निकै मै सजिलो उपचार पद्धति हो । दैनिक काममा कुनै पनि अवरोध नपुर्याइ दिनको केही समय छुट्टाएर लेजर बिकिरण लिएर जान सकिन्छ । त्यस्तै कुनैपनि उपचार विधिले काम नगरेको अवस्थामा यो विधि अपनाउन सकिन्छ किनभने यो एक प्रकारको फिजियो थेरापी अन्र्तगत नै पर्दछ र यो फिजियोथेरापीको सबैभन्दा पछिल्लो टेक्नोलोजीमा समेत पदर्छ । कुनै पनि असर बिना यो थेरापीबाट शरीरका विभिन्न ४०० भन्दा बढी रोगको उपचार गर्न सकिन्छ ।

वर्षौँसम्म पनि उपचार गर्दा ठीक नभएका रोगहरुको उपचार लेजर थेरापीले २० दिनमा ठीक गराएका धेरै उदाहरणहरु छन् । त्यस्तै यसको कुनैपनि नकरात्मक असर छैन र यो २०० प्रतिसत बढी प्रभावकारी रहेको छ । अन्य फिजियोथेरापीमा दुखेका अँगहरु चलाईदिने गर्दा बिरामीहरु जान मन्दैनन् तर यहाँ लेजर थेरापीमा घाऊलाई छुनैपर्दैन । यसले सिधा आफ्नो विकिरणको मद्दतले घाऊलाई सुकाएर दुखाई कम गराउँछ। हिँड्न नसक्ने अवस्थामा आएका बिरामी तीन–चार दिनमा हिँड्नसक्ने हुन्छन्, यसले कुनैपनि प्रकारको शारिरिक दुखाई निम्ताउदैन, रोग लिएर आएका ८० प्रतिशत बिरामीहरु उपचार पछि पूर्ण निको हुन्छन् ।

वर्षौँसम्म पनि उपचार गर्दा ठीक नभएका रोगहरुको उपचार लेजर थेरापीले २० दिनमा ठीक गराएका धेरै उदाहरणहरु छन् । यसको कुनैपनि नकरात्मक असर छैन ।

कति समयसम्म उपचार गरिरहनु पर्छ ? खर्च कति लाग्छ ?
यसमा कुनैपनि बिरामी पहिलोपटक आउँदा मैले सम्पूर्ण रिपोर्ट आउन भन्छु । चेकअप गरिसकेपछी कति पुरानो रोग र कुन अवस्थामा छ भन्ने कुराले उसको उपचार कति समय रहन्छ भन्ने निर्धारण गर्छ । यहाँ आउने रोगीहरुलाई पहिलो २० दिनको समय हामीले छुटाएका छौं । यस समयमा उपचारको ५ दिनमै यसले आफ्नो प्रभाव देखाउन थाल्दछ । तर, त्यसलाई राम्रोसँग पूर्ण रुपमा निको हुने गरी २० दिनको उपचार एकदमै प्रभावकारी हुन्छ । त्यसपछी बिरामीलाई १ महिनाको लागि आराम गराइन्छ । १ दिनको उपचारको लागि ६०० रुपैयाँ शुल्क लिने गरेका छौं।

2 comments on "लेजर थेरापीले उठ्न नसक्ने मानिसलाई ७-८ दिनमा उठेर हिंड्ने बनाउँछ : डा. सुशिला वैद्य शाक्य"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.