राष्ट्रपतिकाे राजमाेह : पोहोर सभामुखलाई अपमान, अहिले ‘मेरो सरकार’

  २०७६ वैशाख २० गते १८:४२     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारलाई ‘मेरो सरकार’ भनी सम्बोधन गरेकी छन् । आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा भण्डारीले नेपाल सरकारलाई त्यसरी सम्बोधन गरेकी हुन् । उनको यो सम्बोधनबारे सामाजिक सञ्जालहरुमा टिप्पणी सुरु भएको छ । खासगरी राजा महाराजाहरुले प्रचलन गर्नेखालको शब्दलाई चयन गरेपछि त्यस्तो टिप्पणी गरेकी हुन् ।

अघिल्लो वर्ष प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई अपमानपूर्ण सम्बोधन गरेकी भण्डारी यो वर्ष पनि विवादरहित भइनन् । उनले अघिल्लो वर्ष ‘प्रतिविधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष’ भनेर सम्बोधन गरेकोमा यो वर्ष ‘सम्माननीय’ शब्द थपेकी छन् तर महोदय शब्द भने उनले उच्चारण गरिनन् ।

राष्ट्रपतिले ल्याएको नीति तथा कार्यक्रममा अधिकांश कार्यक्रमहरु मदन भण्डारीको स्मरणमा राखिएका कार्यक्रमहरु मात्रै छन् । अघिल्लो वर्ष नै ल्याइएको मदन भण्डारी राजमार्गबाहेक मदन भण्डारी प्राविधिक विश्वविद्यालय र मदन भण्डारी औद्योगिक विश्वविद्यालय गरी थप २ ओटा कार्यक्रम आए पनि अन्य नेताहरुको नाममा कुनै कार्यक्रम आएन ।

उनको सम्बोधनभरी नै पुष्पलाल लोकमार्गको नाममा ‘पुष्पलाल’ आउनुबाहेक आफ्नै नेता मनमोहन अधिकारीको नाममा एउटा पनि कार्यक्रम घोषणा गरिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.