‘वाईवाई ग्लोकल टिन हिरो’को पाँचौ संस्करणका लागि आवेदन खुला, १८ वर्ष मुनिकाले भर्न पाउने

  २०७६ वैशाख २० गते १८:१६     विकासन्युज

काठमाडौं । ‘वाईवाई ग्लोकल टिन हिरो’को पाँचौ संस्करणका लागि आवेदनको आह्वान गरिएको छ । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरुमाझ चिनाउन यस कार्यक्रमको आयोजना गरिएको हो ।

यस मन्चमार्फत किशोर÷किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर/किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्नेछ । समर्पित र रचनात्मक किशोर/किशोरीहरुको पहिचान गरी सुरुवातको लागि हौसला प्रदान गर्ने देशको पहिलो कार्यक्रमको यो पाँचौ वर्ष हो । यस कार्यक्रम १३ देखी १८ वर्ष मुनिकाले भाग लिन पाउने छन् ।

यस वर्ष देशको विभिन्न ठाउँबाट किशोर किशोरीहरुलाई यस कार्यक्रममा सहभागी गराउने उद्देश्यले काठमाडौं उपत्यका लगायत धनगडी, महेन्द्रनगर, नेपालगञ्ज, बाग्लुंग, बुटवल, हेटौँडा भैरहवा, जनकपुर, झापा, बिराटनगर, लहान र पोखरा गरी विभिन्न ४० सहरहरुमा ग्लोकल समूह लगाएत गत वर्षका टिन हिरो जाने भएको छ ।

‘हामी नेपालको ७०० वटा स्कूलहरुमा पुग्ने छौ र ८ देखि १२ कक्षाका ८०००० विद्यार्थीहरुलाई मौका र मन्च प्रदान गर्ने छ’ ग्लोकल प्रा.ली. कार्यक्रारी आशिष ठाकुरले बताए । पहिलो चरणमा कुल आबेदनहरुलाई अन्तरबार्ता र दस्ताबेज समिक्क्षाको आधारमा ग्लोकल २० अन्डर २० को घोषणा गरिनेछ ।

त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता हुनेछ र २०१९ को बिजेता घोषणा गरिनेछ ।

ग्लोकल टिन हिरोको बिगत तिन वर्षमा हामीले राम्रो सोच र क्षमता भएका सहभागीहरु पाएका थियौ । किशोर÷किशोरीहरुसँग पनि विभिन्न क्षमता छ । उनीहरु समाज र राष्ट्रको विकासका लागि प्रभाव पार्ने विभिन्न कार्यक्रमहरु गर्दै आएका छन, तर उनीहरुको क्षमता प्रदर्शन गर्न कुनै मन्चन नभएको कारण उनीहरुलाई आफ्नो र देशको विकास गर्न एक मौका र मन्च प्रदान गर्ने उदेश्यले यस कार्यक्रम सन्चालन गर्दै आएको हो ।’ ग्लोकल प्रा.ली.का कार्यकारी निर्देशक आशिष ठाकुरले बताए ।

ग्लोकल टिन हिरो २०१९ को पुरस्कार समारोह सेप्तेम्बेर १,२०१९ मा राजनीतिज्ञ, फिल्म कलाकार, उद्यमशील व्यक्तित्व, युवा नेताहरु गरी नेपालका २५०ं प्रख्यात व्यक्तित्वहरुको उपस्थितिमा हुन लागेको हो । यस वर्ष ग्लोकल टिन हिरोको आवेदन ४ मे,२०१९ बाट खुल्ने छ र अनलाइन आवेदन निशुल्क भर्न सकिन्छ ।

यो सम्मेलन किशोरकिशोरीहरुको आफ्नो हितको प्रमाणित मुद्दा, राष्ट्रिय विकासका बाधा र जनेरेस्नल बाधाहरु बुझ्न अधिकारिक रुपमा छलफल गर्न अवसर हो । यस सम्मेलनले विभिन्न राष्ट्र जस्तै भारत, बंगलादेश, नेपाल, जमैका, मलावी, भिएतनाम, घानाआदिका किशोर किशोरीहरुको विचार, अनुभव, भोगाईहरुलाई प्यानल छलफलमार्फत प्रदर्शन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.