अब राजमार्गहरुमै ठूला विमानहरु अवतरण गर्नसक्ने बनाइने

  २०७६ वैशाख २० गते १८:००     विकासन्युज

काठमाडौं । सरकारले ठूला राजमार्गहरुलाई नै हवाईजहाजको धावनमार्गको रुपमा विकास गर्ने भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानहरुको आपतकालिन अवतरणका लागि सरकारले राष्ट्रिय राजमार्गहरुलाई उपयोग गर्नेगरी राजमार्गको विस्तार गर्न उपयुक्त स्थानहरुको खोजी गर्ने भएको हो ।

आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले त्यस्तो बताएकी हुन् । नेपालमा एक मात्रै अन्तराष्ट्रिय विमानस्थल भएको अवस्थामा यो विमानस्थलमा एयरट्राफिक बढी भएको बेला वा विमानमा प्राविधिक समस्या आउँदा आपतकालिन अवतरणका लागि भारत वा चीनका विमानस्थलमा भर पर्नुपर्ने अवस्था थियो ।

त्यस्तै सरकारले दुइ वर्षभित्र निजगढ विमानस्थलकाे निर्माण थाल्ने, पाेखरा विमानस्थल निर्माण सक्ने र आगामी वर्ष गाैतमबुद्ध विमानस्थल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.