जेठ १ गते देखि एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा आउने

  २०७६ वैशाख २० गते १७:०२     विकासन्युज

काठमाडौं । सरकारले उद्योग विभाग अन्तरगतको एकल बिन्दु सेवा केन्द्र जेठ १ गतेबाट सञ्चालनमा ल्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै संसदको संयुक्त बैठकमा प्रस्तुत गरिरहेको सरकारको नीति तथा कार्यक्रममा एकल एकल  बिन्दु सेवा केन्द्र जेठ देखी सञ्चालन गर्न लागेको बताईएकी हुन् । उद्योगी व्यवसायीलाई सहज ढंगले सेवा पुर्याउन केन्द्र  सञ्चालनमा ल्याउन लागिएको हो ।

एकल विन्दु सेवा केन्द्र सञ्चालनबाट व्यवसायीले एकै स्थानबाट उद्योग दर्ता, नविकरण लगायतका सम्पूर्ण काम गर्न सक्छन् । व्यवसायीहरुको काम सजिलोसँग गर्नका लागि सो केन्द्रमा राजश्व कार्यालय, अध्ययगमन विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, वातावरण कार्यालय, भूमि तथा व्यवस्थापन कार्यालय, उद्योग वाणिज्य महासंघ लगायतका प्रतिनिधिको कार्यालय हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.