देशभरका ८० बढी पर्दामा “दाल भात तरकारी” रिलिज, भाबुक मुद्रामा फर्किदै दर्शक (भिडियो सहित)

  २०७६ वैशाख २० गते १७:०२     विकासन्युज

काठमाडौँ । नेपाली चलचित्र ‘दाल भात तरकारी’ शुत्रबार देखि देशभर रिलिज भएको छ । देशभरका ८० बढी पर्दामा यो चलचित्र रिलिज भएको निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का, बर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्र ‘दाल भात तरकारी’ले विशेषगरि अमेरिका जानका लागि करोडौ खर्च गरेर डुबेको एक परिवारको कथा बस्तु बोकेको छ । श्रीमान् र श्रीमतीको झगडा, पारिवारिक सम्बन्ध, अमेरिकाको सपनालाई चलचित्रमा देखाइएको छ । चलचित्रले ‘दाल भात तरकारी’का लागि विदेश नै जानु भन्दा नेपालमा नै केही गर्न सकिन्छ भन्ने कथालाई प्रस्तुत गरेको छ । मह संचारको प्रस्तुतिमा निर्माण भएको चलचित्रलाई किरण केसीले निर्माण गरेका हुन् । यस चलचित्र बारे निर्माण पक्ष् यसरी मिडिया सामु खुलेर उपस्थित भएको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.