आर्थिक वृद्धिदर ७ प्रतिशत

  २०७६ वैशाख २० गते १६:५०     विकासन्युज

काठमाडौं । सरकारले आर्थिक वृद्धिदरबारे पुनः गलत तथ्य सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पेश गरेको सरकारको नीति तथा कार्यक्रममा आर्थिक वृद्धिदर ७ प्रतिशत हुने दावी गरिएको छ ।

जबकी केन्द्रिय तथ्यांक विभागले चालु आर्थिक वृद्धिदर ६.८१ प्रतिशत हुने विवरण सार्वजनिक गरेको थियो । राष्ट्रिय योजना आयोगले तयार पारेको १५ औं पञ्चवर्षीय योजनाको डकुमेन्टमा भने आर्थिक वृद्धिदर ६.८० प्रतिशत हुने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.