ज्योति लाईफका ग्राहकलाई नेपाल क्यान्सर हस्पिटलमा विशेष छुट

  २०७६ वैशाख २० गते १२:५१     विकासन्युज


काठमाडौँ । ज्योति लाइफ इन्स्यारेन्स कम्पनी र हरिसिद्धी, ललितपुर स्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ ।

उक्त सम्झौता पश्चात ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले अस्पतालबाट उपलब्ध हुने उच्चस्तरीय स्वास्थ्य उपचार सेवामा प्राथमिकता तथा भुक्तानी गरिने बिल रकममा विशेष छुट प्राप्त गर्ने छन् ।

सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमुख प्रकाशबिक्रम खत्री र अस्पतालका कार्यकारी अध्यक्ष तथा क्यान्सर रोग विशेषज्ञ डा.सुदीप श्रेष्ठले हस्ताक्षर गरेका छन् भने उक्त कार्यक्रममा अस्पताल र कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.