रसुवागढीको आईपीओ बाँडफाँडः ४० कित्तासम्म हाल्नेलाई सबै पर्यो, २५ हजारलाई थप १० कित्ता

  २०७६ वैशाख १९ गते १६:०६     विकासन्युज

काठमाडौं । रसुवागढीको हाइड्रोपावर कम्पनीको आईपीओ बिहीबार बाँडफाँड भएको छ । उक्त आईपीओमा ४० कित्तासम्म मात्रै आवेदन गरेकालाई माग गरेजति सबै र ५० कित्ता वा सो भन्दा बढी आवेदन गरेकालाई थप १० कित्ता सेयर परेको छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार ११ हजार ०७१ जना आवेदकलाई कुल ३५ लाख १५ हजार ९३० कित्ता सेयर बाँडफाँडमा समावेश नगरी माग गरेजति सबै कित्ता वितरण गरिएको छ । त्यस्तै, ५० कित्ता वा सो भन्दा बढी आवेदन गरेका आवेदकहरुलाई ४० कित्ताका दरले ५५ लाख ६६ हजार ६०० कित्ता सेयर बाँडफाँड गरिएको छ ।

साथै, ५० देखि ५ हजार कित्तासम्म माग गर्ने २५ हजार ६९३ जनालाई गोलाप्रथाबाट थप १० कित्ता सेयर बाँडिएको छ । बाँकी रहेको ७ कित्ता सेयरको लागि ५० वा सो भन्दा बढी कित्ता सेयर माग गरेका गोलप्रथा बाहेक ४० कित्ता पाएका ७ जनालाई १/१ कित्ता सेयर वितरण गरिएको हो ।

रसुवागढीको ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर २ लाख ९१ हजार २७२ जनालाई वितरण गरिएको हो । कूल ३ लाख २ हजार ३४३ जना आवेदकमध्ये ११ हजार ०७१ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

उक्त आईपीओमा सबैभन्दा बढी काठमाडौं वासीले आवेदन दिएका थिए । त्यस्तै, आईपीओमा मुगु, मनाङ्, दैलेख जस्ता दुर्गम जिल्लाबाट पनि ३००/४०० बढी आवेदन परेकाे क्यापिटलले जनाएको छ ।

वैशाख ६ देखि १२ गतेसम्म निष्काशन भएको उक्त सेयरको बाँडफाँड बिहीबार सिंहदरबारस्थित उर्जा मन्त्रालयको सभाहलमा भएको हो ।

कम्पनीले कुल १ करोड २ लाख ६३ हजार १५० कित्ता साधारण सेयर मध्ये ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर सर्वसाधारमा बिक्री गरेको थियो । जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत समावेश भएकाे यस कम्पनीको सेयर तत्कालै नेप्सेमा सूचीकरण हुने बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.