गोर्खाज फाइनान्सको नाफा ६ करोड ३५ लाख

  २०७६ वैशाख १९ गते ९:१६     विकासन्युज

काठमाडौं । गोर्खाज फाइनान्सले चैच मसान्तसम्म ६ करोड ३५ लाख रुपैंया नाफा कमाएको छ । फाइनान्सले साउनदेखि चैतसम्मको उक्त अवधिमा सो आकारको नाफा कमाएको हो । गोर्खाजको उक्त नाफामा गैरसञ्चालन खर्च र प्रोभिजनको राइजब्याकको मुख्य भूमिका छ ।

कुल ५ अर्ब ८२ करोड रुपैंया निक्षेप र ५ अर्ब १५ करोड रुपैंया कर्जा प्रवाह गरेको फाइनान्सले अघिल्लो वर्षको सञ्चालन घाटाको अवस्थामा करिब ९५ प्रतिशत सुधार ल्याएको छ । फाइनान्सको ८६ करोड रुपैंया चुक्ता पुँजी भएको फाइनान्सको उक्त निक्षेप र कर्जाको आधारमा सीसीडी अनुपात ७४.७२ प्रतिशत छ ।

फाइनान्सको कस्ट अफ फण्ड ९.७० रहँदा आधार ब्याजदर १२.८० प्रतिशत कायम भएको छ । यसको स्प्रेडदर ४.८७ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.