सिप्रदी ट्रेडिङ्ग प्रालि ‘अन्तराष्ट्रिय वितरक अवार्ड २०१८’ बाट सम्मानित

  २०७६ वैशाख १८ गते १७:१९     विकासन्युज


काठमाडौँ । टाटा मोटर्स लिमिटेड आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले युएइको दुबईमा आयोजना भएको अन्तरराष्ट्रिय वितरक सम्मेलनमा वर्ष २०१८ का लागि प्रतिष्ठित ‘बर्षको वितरक’ अवार्ड प्राप्त गर्न सफल भएको छ ।

विश्वभरिका वितरकहरुको कार्यहरुको मूल्यांकन गरी विशिष्ट कार्य प्रदर्शन गर्न सफल वितरकहरुको उच्च कदर गर्ने उद्देश्यका साथ हरेक बर्ष आयोजना हुने उक्त सम्मेलनमा अलग अलग विधाका विभिन्न पुरष्कारको ब्यबस्था गरिएको थियो ।

बर्षको सर्बश्रेष्ठ वितरकको प्रतिष्ठित पुरस्कारका अतिरिक्त सिप्रदीले नयाँ उत्पादनको परिचयका लागि बर्षको वितरक, सर्बश्रेष्ठ ग्राहक सेवा गरी विभिन्न विधाका अन्य दश पुरस्कार प्राप्त गर्ने सफल भएको छ ।

यो उपलब्धि र सफलता ग्राहकहरुको भरोसा र बिश्वास, सम्पूर्ण कर्मचारीहरुको कठिन परिश्रम र इमान्दारिताले प्राप्त भएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.