कंगारु एजुकेशनको वार्षिकोत्सवका अवसरमा २० जनाले गरे रक्तदान

  २०७६ वैशाख १७ गते १८:२७     विकासन्युज


काठमाडौँ । अष्ट्रेलिया, न्युजिल्याण्ड, युरोप, अमेरिका, क्यानडा लगायतका देशमा वैदशिक शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई उचित परामर्श दिदैँ आएको कंगारु एजुकेशन फाउण्डेशन १२ औँ वर्षमा प्रवेश गरेको छ ।

१२ औँ वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कंगारुको केन्द्रीय कार्यालय पुतलीसडक काठमाण्डौको प्राङगणमा रक्तदान कार्यक्रम गरेको बताइएको छ । संस्थाका कर्मचारी विद्यार्थीहरु र शुभेच्छुकहरु सहित गरी २० जनाले रक्तदान गरेको कंगारु एजुकेशन फाउण्डेशन संस्थापक एवम प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले बताए ।

वार्षिकोत्सव कै अवसरमा संस्थाले काठमाण्डौँ गहनापोखरी नक्साल स्थित हार्ट बिट संस्थाका ३० जना विद्यार्थीलाई स्कुल ब्याग तथा स्टेशनरी सामाग्री वितरण गरेको बताइएको छ । कंगारुको “भविष्य उज्जवल छ” अभियान अन्तर्गत यो शैक्षिक सामाग्री वितरण गरिएको र भविष्यमा पनि यस किसिमका सामाजिक कार्यहरु नियमित गर्दै जाने संस्थाका कार्यकारी प्रमुख महेश बाबु तिमल्सिनाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.