जि टिभिमा पहिलो पटक ‘कड्के कमाल के’ को गीत प्रसारण, ५ कराेड बढी लगानीमा निर्माण

  २०७६ वैशाख १७ गते १८:१६     विकासन्युज

काठमाडौं । कमल खत्री र सुमन गुरुङको आवाजमा रहेको गीत ‘झुमा झुमा’ लाई इडियाको टेलिभिजन च्यानलले इतिहासमा पहिलो पटक नेपाली गीत प्रसारण गरेको हो । ५ कराेड बढी लगानीमा निर्माण भएकाे साे गीत ‘कड्के कमाल के’ को जि टिभिबाट प्रसारण पहिलाे पटक प्रसारण भएकाे हाे ।  राजपाल यादव, आर्यन अधिकारी, निता ढुंगाना, दाँया शंकर पाण्डे, विजय पटकार, रामचन्द्र अधिकारी, प्रकाश घिमिरे, राणाजङ्ग बहादुर आदिको अभिनय रहेको छ ।

चलचित्र ‘कड्के कमाल के’ को यो गीत जि टिभिले आफ्नो ८ वटा टेलिभिजन च्यानल र आफ्नो युट्युवर जि म्युजिकबाट प्रसारण गरको हो ।
चलचित्र आगामी जेष्ठ १० गते नेपाल र भारतमा एक साथ प्रदर्शन हुने भएको छ । नेपाल र भारतका अधिकाशं ठाँउमा छायान्कन गरिएको यस चलचित्र कड्के कमालके को गीत ‘झुमा झुमा’ को छायान्कन मुस्ताङमा गरिएको हो।

चलचित्रको बाँकी ४ गीत भने हिन्दीमा नै रहेको छ । राजपाल ,आर्यन, निता, एन्जल आदीको प्रमुख अभिनय रहेको यो गीत कमल खत्रीको आफ्नै संगीतमा रहेको छ भने चलचित्रलाई लक्ष्मण सिंहले निर्देशन गरेका हुन र एतबारी सिंह ले यसमा चलचित्र निर्माणका लागि ५ करोड भन्दा बढी लगानी गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.