सेञ्चुरी बैंकको अध्यक्षमा पुनः राजेशकुमार श्रेष्ठ चयन

  २०७६ वैशाख १७ गते १६:३१     विकासन्युज

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड सञ्चालक समितिको अध्यक्षमा राजेशकुमार श्रेष्ठ पुनः चयन भएका छन् । बैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक श्रेष्ठलाई पुन: बैंकको अध्यक्षमा सर्वसम्मतिले चयन गरेको हो । श्रेष्ठ ३ वर्षदेखि सेञ्चुरी बैंकको अध्यक्ष पदमा रहेका छन् ।

बैंकको साधारण सभाले शेयरधनीहरलाई हाल कायम रहेको चुक्ता पूँजीको २५ बराबरको बोनस शेयर र ४.५०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । यो बोनस शेयर जारी पश्चात चुक्ता पूँजी ८ अर्ब ४१ करोड ५५ लाख पुगेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.