जेठ ४ मा ‘मिस्टर प्लस साइज नेपाल’ अडिसन, १६ देखी ५५ बर्षकाले भाग लिन पाउने

  २०७६ वैशाख १७ गते ११:४४     विकासन्युज

काठमाडौं । ग्लोरी मिडियासँगको सहकार्यमाझ मोडल सङ्स नेपालले ‘मिस्टर प्लस साइज नेपाल’ आयोजना गर्दैछ । नेपालमा पहिलोपटक हुन गईरहेको मिस्टर प्लस साइज सौन्दर्य प्रतियोगिताको अडिसन यहि ज्येस्ठ ०४ गते लाई तोकिएको छ । प्रतियोगितामा सहभागी हुन ईच्छुक प्रतिस्पर्धीहरुको निम्ति गत बैशाख ०२ गतेबाट अडिसन फाराम वितरण शुरु गरिएको थियो । अडिसन फारम बागबजार स्थित ग्लोरी मिडिया र मोडल सङ्स नेपालको कार्यालयबाट वितरण हुँदै आएको आयोजक संस्थाले बताएको छ ।

प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित पुरुषहरुले भाग लिन सक्नेछन् । १६ देखि २५ बर्ष उमेर समूहका लागि ६० केजीभन्दा माथिको तौल र २५ बर्ष भन्दा माथिका लागि ७० केजीभन्दा माथिको तौल हुनुपर्ने प्रावधान तोकिएको छ । आयोजक संस्थाका प्रमुख डेबिल सिंह राजपुतका अनुसार अडिसनमार्फत छनोट हुने प्रतिस्पर्धीहरुलाई करिव एक महिना लामो विशेष प्रशिक्षण प्रदान गरिनेछ ।

जसमा प्रतिस्पर्धिहरुलाई नेपालका ख्यातिप्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङसम्वन्धी ज्ञान तथा प्रशिक्षण दिइनेछ । मोडल सङ्स नेपालले विगत २ वर्षदेखि महिलाहरुका लागि सुपर प्लस साईज मोडल नेपाल आयोजना गर्दै आएको छ । मिस्टर प्लस साईज नेपाल प्रतियोगिताले मोटोपना भएका युवाहरुलाई प्रोत्साहित गर्ने ग्लोरी मिडियाका प्रबन्ध निर्देशक सरोज ओझाले बताए ।

प्रतियोगिताका विजेता तथा उत्कृष्ट तीन जना रनरअपहरुले क्रमशस् ५० हजार, ३० हजार र २० हजार हजार नगद सहित विभिन्न गिफ्ट ह्याम्परका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका बिभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेश हुने अवसर प्राप्त गर्ने जानकारी आयोजक संस्थाले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.