२०७६ वैशाख १६ गते १८:४५ विकासन्युज
काठमाडौं । दिपकराज र दिपाश्रीको चलचित्र ‘छ माया छपक्कै’ को औपचारिक घोषणा भएको छ । दुईवटा फिल्मको निर्देशक बनिसकेका दिपेन्द्र लामाले सो फिल्मको निर्देशन गर्ने भएका छन् । चलचित्रको सहनिर्देशन दिपाश्री निरौलाले गर्ने पत्रकार सम्मेलन गर्दै निर्माण समुहले जनाएका हुन् ।
आमा सरस्वती मुजिज, रोहित अधिकारी फिल्मस् र आईएमईको प्रस्तुतिमा निर्माण हुन लागेको सो चलचित्रको निर्माता रोहित अधिकारी रहेका छन् भने सह निर्माताका रुपमा केदार घिमिरे र जितु नेपाल रहेका छन् ।
‘छ एकान छ’बाट चलचित्र निर्माणमा लागेको यो समुहले नयाँ समुहसँगको पहिलो सहकार्यका उक्त समुहले विना लगानी ५० प्रतिशत मुनाफा लिने सर्तमा यो चलचित्रमा काम गर्न लागेको हो । बैशाखको अन्तिम सातादेखि छायाकंन रहेको फिल्ममा अभिनेत्री केकी अधिकारीको र दिपकराज जोडीको रुपमा रहेका छन्र ।
चलचित्रको छायाकंन हरि हुमागाई, नृत्य कविराज गहतराज, पटकथा दीपकराज गिरी रहेको सो चलचित्रमा संगीत दिपक शर्माको रहेको छ भने त्यस्तै सह–निर्मातामा सुमन गिरी ‘भान्जा’ ताराचन्द्र बजगाई ‘निशान’, दिपेन्द्र खनिया, केशव न्यौपाने, सुरज बम ठकुरी, रविन डाँगी रहेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.