२०७६ वैशाख १६ गते १०:४३ विकासन्युज
काठमाडौँ । महालक्ष्मी विकास बैंक लि. पालुङ शाखाले मकवानपुरको थाहा नगरपालिकावडा नं २ मा यात्रु प्रतिक्षालय निर्माण गरेको छ । बैशाख ९ गते प्रतिक्षालयको उद्घाटन गरिएको हो । प्रतिक्षालयको उद्घाटन थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले गरेका हुन् ।
बैंकले उद्घाटन समारोह कै अवसरमा थाहा नगरपालिका वडा नं २ कार्यालयलाई उक्त प्रतिक्षालय हस्तान्तरण गरेको थियो । कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख लगायत वडा कार्यालयका २ का अध्यक्ष, स्थानीय विद्यालयका प्रतिनिधिहरु, नेपाल रेडक्रस सोसाइटी पालुङ शाखाको प्रतिनिधि, सामुदायिक भवन व्यवस्थापन समितिका अध्यक्ष तथा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.