ज्योति लाईफ इन्स्योरेन्सको अध्यक्षमा नन्दकिशोर शर्मा चयन

  २०७६ वैशाख १५ गते १८:४२     विकासन्युज


काठमाडौँ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बैशाख १२ गते बसेको संचालक समितिको बैठकबाट संचालक नन्दकिशोर शर्मा अध्यक्षमा चयन भएका छन् । कार्यव्यस्तताका कारण पशुपति मुरारकाले दिएको राजिनामा बैशाख १ गते बसेको बैठकले स्वीकृत गरेको थियो । नवनियुक्त अध्यक्ष शर्माले बीमा समितिबाट शपथ लिए पश्चात अध्यक्षको कार्यभार सम्हाल्ने छने् ।

शर्माले आईसिएफसि फाईनान्सको संचालक तथा विभिन्न जीवन बीमा तथा वित्तीय संस्थाहरुमा संचालक तथा प्रबन्धनिर्देशकको रुपमा लामो कार्य अनुभव हासिल गरेका छन् ।

कम्पनीका उच्च पदाधिकारी र संचालक सहित कम्पनीको बैठक कक्षमा आयोजित एक कार्यक्रममा निवर्तमान मुरारकालाई कम्पनीको स्थापनाकालदेखि पुर्याएको योगदानप्रति आभार व्यक्त गर्देै बिदाई गर्नुको साथै हाल चयन हुनु भएका अध्यक्ष शर्मालाई स्वागत गरिएको छ ।

कम्पनीको अध्यक्षको रुपमा नरहेतापनि सदैव कम्पनीलाई अवश्यक सल्लाह सुझावहरु निरन्तर प्रदान गरिरहने मुरारकाले उक्त कार्यक्रममा बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.