गायिका सुनिता कार्कीको नयाँ गीतिसङ्ग्रह ‘सुनमाला’ सार्वजनिक (भिडियो सहित)

  २०७६ वैशाख १५ गते १६:११     विकासन्युज

काठमाडौं । गायिका सुनिता कार्कीको एकल गीतिसङ्ग्रह ‘सुनमाला’ सार्वजनिक भएको छ । विएफबिएस गोरखा रेडियोमा प्रत्यक्ष प्रसारण गर्दै गीतिसङ्ग्रह ‘सुनमाला’ सार्वजनिक गरिएको हो । गीतिसङ्ग्रहलाई सङ्गीतकार सुरेश अधिकारी, वरिष्ठ पत्रकार सुमन खरेल, एनटिभी पल्सका प्रमूख मनोहरी थापा र गायिका कार्कीकी आमा तारा कार्की, चन्द्रकला भट्टराई, सञ्चारकर्मी सुभाष प्रधान र गीतकार तथा सञ्चारकर्मी तुलसी वस्नेतले संयुक्त रुपमा विमोचन गरेका थिए ।

म्युजिक नेपालको प्रस्तुति रहेको गीतिसङ्ग्रहमा समावेश गीतहरुमा शब्द र सङ्गीत चर्चित सङ्गीतकार सुरेश अधिकारीले दिएका छन् । सार्वजनिक कार्यक्रममा गायिका कार्कीले एल्बममा समावेस सबै गीतहरु प्रस्तुत गरेकी थिइन । गीतिसङ्ग्रह ‘सुनमाला’मा ‘दुनियामा‘’, ‘शितल हिमाली हावा’, ‘साथी नै चाहिँदा’, ‘शिर शिर सिरीरी’ लगायत पाँच वटा गीतहरु समावेश गरिएको छ । एल्वममा रहेका गीतहरु मध्ये दुनियामा बोलको गीतमा भने शब्द विद्या घिमिरेले दिएका छन् ।

एक दशकदेखि साङ्गीतिक क्षेत्रमा आवद्ध सुनिताको यसअघि ‘ए बतास‘’ बोलको गीत बजारमा आएको थियो । सो गीत इमेज अवार्डमा उत्कृटमा पर्न सफल भएको थियो । सङ्गीतकार सुरेश अधिकारीको शब्द र सङ्गीतमा यस अघि सुनिताले ‘कहिले हार कहिले जीत‘’ बोलको साङ्गीतिक सहकार्य गरेकी थिइन भने ‘सुनमाला’ दोस्रो सहकार्य हो । जोयस पाण्डेले निर्देशन गरेको गीतको भिडियोमा लक्ष्मि, दृश्य, रोशनी र जोयसलाई फिचरिङ गरिएको छ । विशाल प्रजापतिले छायाँकन गरेको गीतको भिडियोलाई उज्जल ढकालले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस ः

“ए मेरो प्यारो परदेशी” Ye Mero Pyaro Pardeshi – Sunita Karki | New Nepali Song 2019/2076

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.