दैनिक डेढ अर्ब नयाँ कर्जा लगानी गर्दै वाणिज्य बैंकहरु, निक्षेप संकलन १.१७ अर्ब

  २०७६ वैशाख १३ गते ९:५१     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुले दैनिक औसत डेढ अर्ब भन्दा बढी नयाँ कर्जा लगानी गर्ने गरेको देखिएको छ । वाणिज्य बैंकहरुको ९ महिनाको कर्जा तथा निक्षेपको वास्तविक तथ्याङ्कले दैनिक १.५५ अर्ब नयाँ कर्जाको लगानी गर्ने गरेका हुन् । यो तथ्याङ्क आर्थिक वर्ष २०७४/७५ मा १.३९ अर्ब तथा आर्थिक वर्ष २०७३/७४ मा १.२९ अर्ब थियो ।

आर्थिक वर्ष २०७४/७५ को अन्त्यमा वाणिज्य बैंकहरुको कुल कर्जा लगानी २१११ अर्ब रुपैंया रहेकोमा चैत मसान्तसम्म २४२० अर्ब पुगेको हो । आर्थिक वर्ष २०७४/७५ मा यो आकार १७३५ बाट बढेर २१११ मा पुगेको थियो भने आर्थिक वर्ष २०७३/७४ मा १३८६ बाट १७३५ अर्ब रुपैंया पुगेको हो ।

कर्जातर्फको वृद्धिदर उच्च देखिँदैगर्दा वाणिज्य बैंकहरुको निक्षेप संकलनको यो आर्थिक वर्षको पहिलो ९ महिनामा प्रतिदिन १.१७ अर्ब मात्रै देखिएको छ । यो हिसाबले निक्षेप र कर्जाको वृद्धिको अनुपात ०.७५ः१ देखिएको हो । आर्थिक वर्ष २०७४/७५ मा भने यो अनुपात १.४२ः१ थियो । त्यस्तै आर्थिक वर्ष २०७३/७४ मा यो अनुपात ०.९६ प्रतिशत थियो ।

यो ९ महिनामा बैंकहरुको वाणिज्य बैंकहरुको निक्षेप २३३ अर्बले बढेको देखिएको छ । अघिल्ला २ आर्थिक वर्षहरुमा ३८३ अर्ब र ३३५ अर्ब कर्जा प्रवाह वृद्धि भएको थियो ।

नियामक निकायको ‘करेक्टिभ एक्सन’का बाबजुद यस आर्थिक वर्षमा बैंकहरुको अवस्था धेरै असन्तुलन आएको देखिए पनि आर्थिक वर्ष २०७३/७४ मा पनि यो असन्तुलन कायमै रहेको पाइएको छ । बजारमा तरलता बढी भएर यसको असर बैंकिङ ब्याजदर र आधार ब्याजदरमा परिरहेको बेला यो अवस्थालाई सामान्य मानिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.