कैलालीका २१२ व्यवसायिक संस्था कर विवादमा तानिए, काे काे परे विवादमा ?

  २०७६ वैशाख १३ गते ९:३९     विकासन्युज

काठमाडौँ । आन्तरिक राजश्व कार्यालय धनगढी कैलालीले मूल्य अभिवृद्धि कर(भ्याट) र आयकर रकम बक्यौता नतिर्ने २१२ वटा व्यवसायिक संस्था र फर्महरुलाई कर तिर्न ताकेता गरेको छ ।

विभिन्न मितिमा बक्यौता बुझाउन फोन सम्पर्क, पत्राचार र संकलन भ्रमण समेत गरी बक्यौता रकम दाखिल गर्न भनिएकोमा कैलाली, अछाम, डोटी, बझाङ जिल्लाका व्यवसायिक संस्था र फर्महरुले हालसम्म पनि बुझाएका छैनन् ।

२१२ व्यवसायिक संस्था र फर्मलाई १५ दिन भित्र बक्यौता रकम बुझाउन वा बुझाएको भए प्रमाण पेश गर्न अनुरोध गरेको छ ।

यो अवधि भित्र बक्यौता नबुझाएमा आयकर ऐन २०५८, मूल्य अभिबृद्धि कर ऐन २०५२ को दफा २१ तथा नियमावली २०५३ को नियम ५२ र ५३ तथा अन्तशुल्क ऐन २०५८ को दफा १० (ज) म उल्लेख भए बमोजिम करदाता एवम् सम्बन्धित प्रोप्राइटर/सञ्चालकको व्यवसायिक कारोबार रोक्का, बैंक खाता रोक्का र घरजग्गा रोक्का लगायतका कारवाही गरी बक्यौता असुल गरिने कार्यालयले जनाएको छ ।

बक्यौता रकम नतिर्नेहरुको सूचिः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.