वैदेशिक लगानीमा उत्साहजनक वृद्धि, अघिल्लो आव भन्दा ८० प्रतिशत बढी

  २०७६ वैशाख १३ गते ८:२४     विकासन्युज


काठमाडौँ । नयाँ सरकार बनेपछि राजनीतिक स्थायित्वसँगै लगानीकर्तामा बढेको आत्मविश्वासले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा वृद्धि भएको छ । आर्थिक वर्ष २०७४/७५ मा इक्विटीबापत भित्रिएको वैदेशिक लगानी रकमको तुलनामा चालू आव २०७५/७६ को आठ महिनाभित्रै उच्च वृद्धि देखिएको छ ।

चालू आवको दोस्रो चौमास फागुन मसान्तसम्म अघिल्लो आवको भन्दा ८० प्रतिशत बढी लगानी भित्रिसकेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । यही गति मात्रै पनि नियमित हुने हो भने बाँकी चार महिनामा अझ उच्च मात्रामा वैदेशिक लगानी भित्रने छ ।

गत आवमा इक्विटिबापत विदेशी लगानीकर्ताले राष्ट्र बैङ्कमा आठ अर्ब छ करोड रुपियाँ नेपाल ल्याएका थिए । चालू आवमा फागुन मसान्तमै १४ अर्ब ५६ करोड रुपियाँ वैदेशिक लगानी नेपाल आएको केन्द्रीय बैङ्कको तथ्याङ्कमा उल्लेख छ ।

वैदेशिक लगानी बढे पनि वैदेशिक ऋण भने सामान्य नै रहेको छ । गत आवमा साढे पाँच अर्ब रुपियाँ ऋण भित्रिएकामा यो आवको आठ महिनामा चार अर्ब ७४ करोड रुपियाँ भित्रिएको छ ।राष्ट्र बैङ्क विदेशी विनिमय विभागका प्रमुख भीष्मराज ढुङ्गानाका अनुसार पछिल्ला वर्ष विदेशी लगानी भित्र्याउन सरकारले विभिन्न पहल गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.