एनआईसी एशियाको शाखा संख्या २८१ पुग्यो, ३ नयाँ शाखा थपिए

  २०७६ वैशाख १२ गते १९:२१     विकासन्युज


काठमाडौँ । एनआईसी एशिया बैंकले काठमाडौं उपत्यका भित्र दुई र पर्सा जिल्लाको जगरनाथपुुुरमा १ गरी ३ नयाँ शाखा कार्यालय बिस्तार गरेको छ ।

मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ भक्तपुर स्थित राधेराधे शाखा कार्यालयको सोहि वडाका वडाअध्यक्ष अमृतमान श्रेष्ठबाट, चाँगुनारायण नगरपालिका वडा नं २ दुवाकोट, भक्तपुर स्थित दुवाकोट शाखाको सोहि वडाका वडा अध्यक्ष शिवहरि केसीबाट तथा पर्सा जिल्लाको जगरनाथपुुुर गाउँपालिका वडा नं.४ पर्सा स्थित जगरनाथपुुुर शाखाको जगरनाथपुुुर गाउँपालिका अध्यक्ष जालिम मियाँले विहीबार उद्घाटन गरे ।

यी नयाँ शाखा बिस्तारसँगै एनआइसीको शाखा संख्या २८१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.