एनसेल र ठूला करदाता कार्यालयलाई सर्वोच्चको आदेश, ‘बैशाख २४ गते छलफलमा आउनूँ’

  २०७६ वैशाख १२ गते १९:०६     विकासन्युज

काठमाडौँ । सर्वोच्च अदालतले ठूला करदाता कार्यालयसँग एनसेलको पूँजीगत लाभकर बारे लिखित जवाफ माग्दै बैशाख २४ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

७ दिनभित्र लाभकर बुझाउन ठूला करदाता कार्यालयले एनसेललाई पत्र काटेपछि समय सकिन १ दिन अघि सोमबार एनसेलले सर्वोच्चमा रिट दायर गरेको थियो । सो रिटमा विहीबार सर्वोच्चले करदाता कार्यालयले काटेको पत्र तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको हो ।

ठूला करदाता कार्यालयले ६२ अर्ब ३६ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ लाभकर निर्धारण गर्दै बाँकी ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ सात दिन भित्र तिर्न बैशाख ३ गत पत्र काटेको थियो ।

एनसेलले १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार ६०० मात्र लाभकर तिर्न बाँकी रहेको दाबी सहित सर्वोच्चमा रिट दायर गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.