२०७६ वैशाख १२ गते १७:२५ विकासन्युज
काठमाडौं । निर्माण सामाग्रीमा हरित क्रान्ति भन्ने नाराका साथ गोर्खा इको प्यानलले २०७२ साल वैशाख १२ गते गएको भूकम्पमा मृत्यु भएका व्यक्तिहरुको चीर शान्तिको कामनासहित बिहीबार कर्पाेरेट अफिस मध्यपुर थिमि भक्तपुरमा दीप प्रज्वलन गरेको छ ।
भूकम्पमा परी मृत्यु भएका दिवंगत आत्माको चीर शान्तिको कामना गरी भूकम्प आएकै समय अर्थात ११ बजेर ५५ मिनेटमा मैनबती बाली दीप प्रज्वलन गरेको हो । कम्पनीका बजार प्रमुख सुरेश कवाँंको नेतृत्वमा कम्पनीमा कार्यरत इन्जिनियरलगायतका कर्मचारीहरुले एकएक वटा मैनतवी बालेर दीप प्रज्वलन गरेका हुन् ।
निर्माण सामाग्री उत्पादन कम्पनी भई सरोकार राख्ने कम्पनी भएकोले कार्यक्रम गरेको कम्पनीले जनाएको छ । गोर्खा इको प्यानल इटाको विकल्पमा बाहिरी तथा भित्री वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.