गर्मी मौसममा सिजीले बजारमा ल्यायो विभिन्न प्रकारका फ्यान र कुलरहरु

  २०७६ वैशाख १२ गते १६:५९     विकासन्युज


काठमाडौँ । बढ्दो गर्मी मौसमलाई मध्यनजर गरी सिजीले विभिन्न प्रकारका फ्यान र कुलरहरु बजारमा ल्याएको छ ।

फ्यानहरुमा सिलिङ, टेबल, स्टाण्ड र अलपर्पोज फ्यानहरु रहेका छन्, सिलिङ फ्यान विभिन्न स्वरुप र रंगहरुमा उपलब्ध छन्, यसको गति अरु फ्यानको तुलनामा एकदमै धेरै भएको कम्पनीले जनाएको छ ।

यसमा प्रयोग गरिएको ब्लेडहरु एकदमै आकर्षक डिजाईन र रंगहरुमा रहेका छन् । यो फ्यान चलाउँदा आवाजपनि केही नआउने भएकोले यसको माग एकदमै धेरै छ । त्यस्तै स्टाण्ड फ्यानमा पनि विभिन्न आकर्षक रंगहरु र डिजाईनमा उपलब्ध छन् । रिमोट पनिभएकोले यसलाई सजिलै चलाउन सकिने सिजीले जनाएको छ । टेबल, वाल र अल पर्पोज फ्यानहरुको पनि माग बढेको छ ।

एसीको आनन्द सस्तो दाममा लिन सिजीले विभिन्न मोडलका कुलरहरु पनि बजारमा ल्याएको छ । कुलरमा आईस च्याम्बर, पावरफुल मोटर, बढी क्षमताको पानी ट्याङ्की जस्ता अरुपनि धेरै विशेषताहरु रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.