पाइपलाइन र इन्धन भण्डारण परियोजनाका लागि ४१ अर्ब लाग्ने

  २०७६ वैशाख १२ गते ८:३१     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले निर्माण गर्ने तयारी गरिरहेका पेट्रोलियम तथा खाना पकाउने ग्यास (एलपिजी) पाइपलाइन र इन्धन भण्डारण थल निर्माण परियोजनाका लागि करिब ४१ अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अध्ययनमा देखिएको छ।

निगमसँगको सहकार्यमा इन्जिनियरिङ अध्ययन संस्थान ९आइओई० पुल्चोक ललितपुरको इन्जिनियरिङ परामर्श सेवा विभागले गरेको अध्ययनले चारवटा पेट्रोलियम तथा ग्यास पाइपलाइन र ६ ठाउँमा इन्धन भण्डारणस्थल बनाउन ४१ अर्ब १५ करोड ४५ लाख रुपैयाँ खर्च हुने देखएको छ । दुई लाख ७० हजार किलोलिटर पेट्रोलियम पदार्थ र ८० हजार मेट्रिक टन एलपी ग्यास भण्डारणस्थल बनाउन अध्ययन भएको हो ।

भारतबाट इन्धन ल्याउन मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण अन्तिम चरणमा पु(याएको निगमले पाइपलाइन परियोजना र भण्डारणस्थलको स्वतन्त्र सम्भाव्यता अध्ययनका लागि आइओईलाई अनुरोध गरेको थियो ।

खाना पकाउने ग्यास र पेट्रोलियम पाइपका लागि २२ अर्ब १२ करोड २८ लाख रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अध्ययनमा देखिएको आइओई इन्जिनियरिङ परामर्श सेवा विभागका संयोजक नारायणप्रसाद गौतमले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.