आईएमई जनरल इन्स्योरेन्सका संचालक प्रतापजंग पाण्डेले दिए राजिनामा

  २०७६ वैशाख ११ गते १८:५९     विकासन्युज

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सका संचालक प्रतापजंग पाण्डेले आफ्नो पदबाट राजिनामा दिएका छन् । संचालक पाण्डेले आफ्नो व्यक्तिगत कारण उल्लेख गर्दै वैशाख १० गते संचालक समिति समक्ष राजिनामा पत्र दिएका हुन् ।

संचालक पाण्डेले दिएको राजिनामालाई सोही दिन बसेको कम्पनीको संचालक समितिको बैठकले स्वीकृत गरेको कम्पनीका नायब महाप्रबन्धक तथा कम्पनी सचिव शरण रेग्मीले जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.