परिसंघका अध्यक्ष मोर चीन प्रस्थान, नेपाली–चिनियाँ लगानीकर्ताबीच छलफल हुने

  २०७६ वैशाख ११ गते १८:३६     विकासन्युज

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको बैशाख ११ गतेदेखि प्रारम्भ भएको मित्रराष्ट्र चीनको राजकीय भ्रमण टोलीमा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर समेत संलग्न भएका छन् ।

राष्ट्रपतिको उपस्थितिमा उद्योग तथा व्यवसाय प्रवद्र्धनको लागि चिनियाँ परिषद्द्वारा नेपाली प्रतिनिधि मण्डल र चिनियाँ लगानीकर्ताबीच आयोजित सेमिनारमा परिसंघ अध्यक्ष मोर सम्मिलित हुनेछन् । सीसीपीआईटीका पदाधिकारीहरुसँग बैशाख १३ गते छुट्टै भेटघाट गरी परिसंघ र उक्त संस्था बीचको सहकार्यमा दुबै संस्थाबाट नेपाल र चीनमा गरिने कार्यक्रमको विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

परिसंघका अध्यक्ष मोरको पहलमा नवलपरासीमा संयुक्त लगानी गर्ने नेपालमा अहिले सम्मकै ठूलो होङ्सी शिवम् सिमेन्ट उद्योगको स्थापना भई सञ्चालनमा समेत आइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.