एनआईसी एशिया बैंकले खोल्यो ५ नयाँ शाखा

  २०७६ वैशाख ११ गते १८:२७     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंकले काठमाडौं उपत्यका भित्र र बारा जिल्लाको फेटामा समेत गरी ५ नयाँ शाखा कार्यालय सञ्चालन गरेको छ ।

मध्यपुर थिमी नगरपालिका वडा नं. ६ भक्तपुर स्थित पुरानो थिमीशाखाको सोहि वडाका वडाअध्यक्ष ईन्द्रबहादुर प्रजापतिले उद्घाटन गरे । यसैगरी कागेश्वरी मनोहरा नगरपालिका गोठाटार स्थित गोठाटार शाखाको कृष्णहरि थापाबाट उद्घाटन गरियो ।

यसैगरी सूर्यविनायक नगरपालिकाको वडा नं २ बालकोट शाखाको सोहि वडाका वडा अध्यक्ष कमलनाथ आचार्यले उद्घाटन गरे भने चन्द्रागिरी नगरपालिका वडा नं. ११ सतुङगलचोक स्थित सतुङगलचोक शाखाको चन्द्रांगिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले उद्घाटन गरेका हुन् ।

यता, बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. ३ स्थित फेटा शाखाको फेटा गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादले बुधबार उद्घाटन गरेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.