बेल्ट रोड फोरममा भाग लिन माधव नेपाल उडे चीन

  २०७६ वैशाख ११ गते १८:१६     विकासन्युज

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव नेपाल चीन भ्रमणमा गएका छन् । चीनको राजधानी बेइजिङमा आयोजना हुने दोश्रो बेल्ट रोड फोरम फर इन्टरनेशन कोअपरेशनमा सहभागी हुन उनी चीन गएका हुन् ।

उनले फोरमलाई महत्वपूर्ण वत्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेता नेपालले बेल्ट रोड फोरममा नेपालको आवद्धता र लाभका विषयमा सम्बोधन गर्नेछन् । नेता नेपालसँगै नेकपाका केन्द्रिय सदस्य श्रीनाथ बराल र अनेरास्ववियुका सचिव सुदेश पराजुली चीन भ्रमणमा गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.