तिलगंगा आँखा अस्पताललाई स्ट्याण्डर्ड चार्टर्डको २४ लाख सहयोग

२०७६ वैशाख ११ गते १८:०७ विकासन्युज


काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्नो देखिनु नै विश्वास गर्नु हो भन्ने कार्यक्रम अन्तर्गत तिलगंगा आँखा अस्पताललाई वित्तीय सहायता प्रदान गरेको छ ।

बैंकले आफ्नो देखिनु नै विश्वास गर्नु हो भन्ने पाँचौं चरणको कार्यक्रम अन्तर्गत तिलगंगा आँखा अस्पताललाई २४ लाख ६८ हजार ३९९ रुपैयाँ सहयोग प्रदान गरेको हो । यो आर्थिक सहायता बैंकले तिलगंगा आँँखा अस्पतालको मुख्य विस्तार योजनालाई वित्तीय सहायता प्रदान गर्ने सम्बन्धमा पहिले गरेको सहमती अनुसार युएस डलर १.० मिलियन (युएस डलर १०० मिलियन) मध्येको एक हिस्सा हो ।

परियोजनाको प्रमुख उद्देश्य ग्रामीण तथा नगरोन्मुख क्षेत्रहरुमा शल्यक्रियाको सुविधाहरुको विकास गरेर अन्धोपना हुनबाट कम गराउने लक्ष्यका साथ भक्तपुर र नुवाकोटमा रहेको जिल्ला सामुदायिक आँखा उपचार केन्द्रहरुमा सुविधाहरु स्तरोन्नति गराउनु रहेको छ ।

बैंकले बुधबार आयोजना गरेको एक विशेष समारोहबीच स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लि.का सिइओ अनिर्वान घोष दास्तीदारले उक्त सहयोग राशिको चेक तिलगंगाआँखा अस्पतालका सिइओ डा.रिता गुरुङ्गलाई हस्तान्तरण गरे ।