सनराइज बैंकबाट एशियन लाईफको बीमा सेवा पाइने

  २०७६ वैशाख ११ गते १७:५४     विकासन्युज


काठमाडौँ । सनराइज बैंक लिमिटेड र एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । बैंकास्योरेन्स सम्झौता अनुसार सनराइज बैंकले देश भर रहेका १०४ वटै शाखाबाट एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा योजना बिक्री गर्न सक्ने छ ।

सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.