मेडिसिटी अस्पतालमा पक्षघात बारे विशेष अन्तरक्रिया

२०७६ वैशाख ११ गते १७:४६ विकासन्युज


काठमाडौँ । नेपाल मेडिसिटी अस्पतालमा पक्षघात तथा कम्मर पछाडिको दुखाईका लागि फिजियोथेरापी विषयक विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

काठमाडौँ  विश्वविद्यालय मेडिकल स्कुलकी प्राध्यापक डा.प्याट्रिसिया इ सुलिभनको उपस्थितीमा भएको कार्यक्रममा करिब ५० भन्दा बढी फिजियोथेरापिष्ट सहभागी थिए ।

विभिन्न क्षेत्रकी अनुभवी डा. प्याट्रिसियाले चेतनामूलक कार्यक्रमहरुमा सहभागिता जनाउने क्रममा नेपाल मेडिसिटी अस्पतालमा भने पक्षघात तथा कम्मर पछाडिको भागलाई आवश्यक पर्ने फिजियोथेरापी सम्बन्धि प्रशिक्षण दिएकी हुन् । नेपाल मेडिसिटी अस्पतालको फिजियोथेरापी विभागकी प्रमुख डा.मञ्जु ज्ञवालीले यस प्रशिक्षण कार्यक्रमले धेरै सहयोग पुगेको बताइन् ।