चीनमा हुने अन्तर्राष्ट्रिय प्रबद्र्धन मेलामा नेपाल सहभागी हुने, ४ वटा स्टलमा नेपाली सामान प्रदर्शन गरिने

  २०७६ वैशाख ११ गते १६:१४     विकासन्युज

काठमाडौं । चीनको गोन्झाओमा हुने १२५ औं अन्तर्राष्ट्रिय प्रवद्र्धन मेलामा नेपाल सहभागी हुने भएको छ । नेपालले अन्तर्राष्ट्रिय बजारमा नेपाली बस्तुलाई प्रवद्र्धन गर्न ४ वटा स्टलमा आफ्नो सहभागिता जनाउने भएको हो ।

चीनको अन्तर्राष्ट्रिय प्रवद्र्धन मेलामा नेपालले दोस्रो पटक सहभागिता जनाउन लागेको हो । चीनको गोन्झाओमा बैशाख १८ देखि २२ गतेसम्म हुने अन्तर्राष्ट्रिय मेलामा नेपालका उत्पादकले पनि सहभागिता जनाउने व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । मेलामा सहभागिताका लागि २० लाख खर्च हुने केन्द्रले जानकारी दिएको छ ।

मेलामा हस्त निर्मित सामाग्री, अल्लो, थान्का, खोस्टबाट निर्माण गरिएका सामाग्री, लगायत ६ प्रकारका उत्पादन लिएर उद्यमीहरु मेलामा सहभागी हुने छन् । सो मेलामा १०० राष्ट्रका व्यवसायीको सहभागिता रहने बताइएको छ ।

केन्द्रका कार्यकारी निर्देशक शरदबिक्रम राणाले सो मेलामा सहभागिता जनाउँदा नेपालका हस्तकला सामाग्रीहरुको अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन हुने बताए । साथै नेपाली बस्तु निर्यातमा सहयोग पुग्ने र पर्यटक पनि आकर्षित हुने बताए ।

अघिल्लो वर्षको मेलामा बिक्रेताहरुलाई लगिएकोमा यस वर्ष उत्पादकहरुलाई मात्र सहभागी गराउने उनले बताए । स्रोत र साधनको उपलब्धता भएपनि दक्ष जनशक्ति नभएको कारणले माग अनुसारको सामान निर्यात गर्न नसकेको राणाले बताए ।

नेपाल उद्यमशील महिला महासंघकी अध्यक्ष देविका बुढाथोकीले अघिल्लो वर्ष १० लाख झोलाको माग भएकोमा ४८ सय मात्रै निर्यात गर्न सकिएको बताईन् । यो वर्ष मागको ५० प्रतिशत निर्यात हुने बताइन् । उनले भनिन्– अघिल्लो वर्षको मेलामा नेपाल पहिलो पटक सहभागी भएको र हस्तकलामा थोरैमात्र दक्ष जनशक्ति भएकाले माग अनुसार सामान निर्यात गर्न नसकेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.