धनगढीमा खुल्यो अजोड इन्स्योरेन्सको प्रादेशिक कार्यालय

  २०७६ वैशाख ११ गते १६:०२     विकासन्युज


काठमाडौँ । अजोड इन्स्योरेन्स कम्पनीले धनगढीमा सुदुरपश्चिम प्रादेशिक कार्यालय शुरु गरेको छ । सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री झपडबहादुर बोहरा र संचालक सागर गुरुङले संयुक्त रुपमा सुदुरपश्चिम प्रादेशिक कार्यालयको उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री बोहराले कम्पनीले आफ्नो प्रोदेशिक शाखा कार्यलयको उद्घाटन गरेकोमा खुशी व्यक्त गरे । उक्त कार्यक्रममा बोल्दै कम्पनीका सहायक महाप्रबन्धक अनिलकुमार अर्याल संस्थाको परिचय, उद्देश्यका बारेमा जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.