धुलिखेल माउण्टेन रिसोर्टमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विशेष छुट

  २०७६ वैशाख ११ गते १५:०३     विकासन्युज


काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि. र धुलिखेल माउण्टेन रिसोर्ट, धुलिखेलबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिजा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त रिसोर्टवाट विभिन्न सेवा सुविधामा १०% सम्मको विशेष छुट दिने व्यवस्था भएको छ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्तबक्सी र धुलिखेल माउण्टेन रिसोर्टको तर्फबाट विक्री तथा बजारीकरण विभागका अधिकृत भगीरथप्रताप सिंहले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.