सगरमाथाले शुरु गर्यो ‘इन्स्योरेन्स डिजिटल्ली’ सेवा, बीमा सेवा अब हातहातमा

  २०७६ वैशाख ११ गते १४:५२     विकासन्युज


काठमाडौँ । सगरमाथा इन्स्योरेन्सले निर्जीवन बीमाको क्षेत्रमा पहिलो पटक ‘इन्स्योरेन्स डिजिटल्ली’ सेवा शुभारम्भ गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ र कम्पनीका अध्यक्ष आरके मानन्धरले यो सेवाको बुधबार उद्घाटन गरेका हुन् ।

कम्पनीले प्रथम चरणमा मोटरसाइकलको तेश्रो पक्ष बीमालेख, घर बीमालेख, दुर्घटना बीमालेख र ट्राभलर्स मेडिक्लेम बीमालेखलाई अनलाइन पोर्टल मार्फत कम्पनीले विकास गरेको मोबाइल एपका माध्यमबाट कम्पनीका ग्राहकहरुले आफुसँग रहेको मोबाइलबाट एप डाउन लोड गरी आफूलाई चाहिएको बीमालेख खरिद गर्न सक्ने गरी इन्स्योरेन्स डिजिटल्ली सेवा शुरु गरेको हो ।

बीमा लेखहरुलाई सूचना प्रविधिसँग एकाकार गर्ने उद्देश्यका साथ बीमा सेवको पहुँचलाई सर्वसाधारणको आफ्नै हातमा रहेको मोबाइलबाट बीमालेख खरिदको पहुँच पुर्याउन आफ्ना प्रोडक्टहरुलाई इन्स्योरेन्स डिजिटल्ली कार्यक्रम लागु गदैै जाने कम्पनीले जनाएको छ ।

बुधबारबाट शुरु गरिएको इन्स्योरेन्स डिजिटल्ली सेवाबाट बीमाको पहुँच पुग्न नसकेको स्थानीय निकासमा समेत कम्पनीको पहुँच पुग्ने र कृषक तथा न्यून आय भएका व्यक्तिको सुरक्षालाई लक्षित गरी अनुदान समेतको व्यवस्था गरिएका लघु बीमा तथा बाली तथा पशुपन्छी बीमाका लागि दुर्गम बस्तीमा बसोबार गर्ने बासिन्दाले समेत यस प्रबिधिको माध्यमबाट सहजै बीमा सेवा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.