तीन वाणिज्य बैंकले २ अर्ब ७० करोडको म्युचअल फण्ड बिक्री गर्ने

  २०७६ वैशाख ११ गते १४:३०     विकासन्युज

काठमाडौं । बजारमा विभिन्न तीन वाणिज्य बैंकले कुल २ अर्ब ७० करोड रुपैयाँ बराबरको सामूहिक लगानी कोष(म्युचअल फण्ड) बिक्री गर्ने भएका छन् । नबिल, सिटिजन्स र नेपाल इन्भेष्टमेन्ट बैंकले गरी २७ करोड इकाई फण्ड निष्काशन गर्न लागेका हुन् ।

नेपाल धितोपत्र बोर्डले अनुमति दिएपश्चात यी तीन कम्पनीले सो मात्राको फण्ड निष्काशन गर्ने भएका छन् । सो मध्ये नबिल बैंकले एक अर्ब २० करोडको १२ करोड इकाई नबिल ब्यालेन्स फण्ड २ निष्काशन गर्न लागेको हो । बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङबाट सो मात्राको फण्ड बिक्री गर्न बोर्डको अनुमति पाएको हो ।

त्यस्तै, सिटिजन्स बैंकले एक अर्बको १० करोड इकाई सिटिजन्स म्युचअल फण्ड २ बिक्री गर्न बोर्डको अनुमति पाएको छ । बोर्डको अनुमति अनुसार बैंकले सीबीआईएल क्यापिटलमार्फत फण्ड निष्काशन गर्ने छ ।

साथै, बोर्डले नेपाल इन्भेष्टमेन्ट बैंकलाई ५० करोडको ५ करोड इकाई एनआईबिएल सहभागिता फण्ड निष्काशन गर्न अनुमति दिएको छ । यसको फण्ड म्यानेजको काम एनआईबिएल एस क्यापिटलले गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.