गुणस्तरीय उत्पादन र सामाजिक उत्तरदायित्व बहन गरेका छौँ: नेपाल लिक्वयर्सका जेनेरल म्यानेजरसँगको अन्तरवार्ता

  २०७६ वैशाख ११ गते १०:५३     विकासन्युज


झापा ‘अर्जुनधारा’ घर भई हाल काठमाडौको पेप्सीकोलामा बसोबास गर्दै आएका कमलप्रसाद सिटौला एक सफल व्यवस्थापक हुनुहुन्छ । कुनै दिन रियल स्टेट कम्पनीमा सानो जागिर पाउँदा अत्याधिक खुशी हुनु भएका उहाँ हाल मदिरा व्यवसायको क्षेत्रमा सफल नेपाल लिक्वयर्स कम्पनीको जेनेरल म्यानेजर हुनुहुन्छ । संघर्षले नै सफलता हासिल गर्ने धारणा राख्नु हुने सिटौलाले २० वर्षको व्यवसायिक अनुभव हासिल गरिसक्नु भएको छ । नेपालमा मदिराका व्यापार, नेपाल लिक्वयर्सको अवस्था र उहाँको व्यवसायिक अनुभवका बारेमा विकासन्यूजका लागि नबिन पोखरेलले गरेको कुराकानी :

नेपाल लिक्वयर्सको नारा ‘इन हाई स्प्रीट’ भन्ने रहेछ यस्को आशय चाँही के हो ?
यसको अर्थ भनेको हामी सबैको मन मस्तिष्कमा बसेर काम गर्छौ भन्ने हो । प्रिमियम उत्पादनमा लागी परेका छौँ । कम्पनीमा राजेशवीर सिंह तुलाधार जस्ता युवा उद्यमी चेयर म्यान हुनु पनि निकै सकरात्मक कुरा हो ।

अहिले यहाँहरुको उत्पादनको बजार कस्तो छ ?
ह्वीस्की सेक्टरमा हामी अन्य भन्दा अगाडि नै छौँ । बजारमा हाम्रा उत्पादनको माग राम्रो छ । हामी यसमा खुशीपनि छौँ । हाम्रो कम्पनीले रोयल च्यालेञ्ज, सिग्नेचर, म्याकडोयल, एन्टिक्वीटी र ब्लूरिवाइन्ड जीन नामका मदिरा उत्पादन गर्दै बजारमा प्रभावकारी उपस्थिति जनाएको छ । गुणस्तर कायम गर्नु हाम्रो मुख्य उद्देश्य हो । साथै हामी मल्टीनेशनल कम्पनी भएकाले अन्य भन्दा केही अगाडि नै छौँ भन्दा फरक नपर्ला । ‘डिहाजो’ भन्ने भारतीय कम्पनीको सहकार्यले गर्दा हामी तल परेका छैनौँ ।

उत्पादनलाई सर्व-सुलभ बनाउन के गर्नु भएको छ त ?
हामी नेपालमा उत्पादन हुने ह्वीस्की मध्येमा उच्च गुणस्तरको बनाउन निरन्तर लागिपरेका छौँ । नेपाली बजारमा हामी प्रवेश गरेको ४० वर्ष भइसकेको छ । यहीँ अन्तरालमा हासिल गरेका अनुभवलाई लिएर हामी अघि बढ्दै छाँै । अहिलेको अवस्थामा हामी खरो उत्रिसकेका छौ । भोलिका दिनमा हाम्रो यो रफ्तार नै कायम रहन्छ । बजारले हामीलाई साथ दिएको छ र हाम्रो मेहनतले सफलता पाउँदै गएका छौँ । कम्पनीका चेयर म्यानकै कुरा म यसमा जोडनु उचित ठान्छु । उहाँको योगदानले नै सबै गराएको हो ।

मदिरा खानेहरु धेरै छन्, अर्कातिर यसलाई हाम्रो समाजले राम्रो पनि मान्दैन, तपाईँहरुको व्यवसायप्रति आम धारणा कस्तो पाउनु हुन्छ ?
खान हुन्न भन्ने आवाज प्रायः उठ्ने गरेका छन् । साथै, व्यवस्थापन गरेर मदिरा खाँदा यसले हानी गर्दैन भन्ने आम धारणा रहेको हामीले बुझेका छौँ । मुख्य कुरा त समय नै हो । समय मिलाएर, मात्रा मिलाएर सेवन गर्नु पर्छ । यसमा कुन उमेर समूहले सेवन गर्न चासो दिएका छन् भन्ने कुरा समेत महत्वपूर्ण हुन्छ । हामीले सरकारको नियम मानेका छौँ ।

हाम्रो समाजमा हुने वादविवाद, झै-झगडा र दुर्घटनाहरुमा मदिरा कारण बन्ने गरेको छ, यसलाई कुन रुपमा लिनु हुन्छ ?
मदिराको व्यवस्थापन गर्नु आवश्यक छ । तर, यसकै कारणले ती घटना भएका हुन भन्न सकिन्न । यस बारेमा सतही रुपमा भन्दा पनि गहिरिएर सोच्न आवश्यक छ । अन्य चिजका नशाले समस्या आएका हुन सक्छन्, त्यसको असरलाई रक्सीले रोकेको छ भन्ने मलाई लाग्छ ।

व्यवसाय गर्न आफैँमा कठिन कुरा हो, अझ रक्सीको व्यवसाय गर्दा कत्तिको प्रेसर महशुस गर्दै आउनु भएको छ त ?
यसका लागि कम्पनीका चेयर म्यानको भूमिका ठुलै छ । उहाँको भिजन राम्रो छ । समाज सेवा तथा व्यापार दुबैमा उहाँको सहभागिता रहँदै आएको छ । सोही कारण पनि हामी व्यवसायमा सफल भइरहेका छौ ।

एउटा सफल कम्पनीको जेनेरल म्यानेजर भएको नाताले के भन्न चाहानु हुन्छ ?
समाजको लागि केही गरौँ भन्ने चाहाना हामीमा छ । प्रधानमन्त्री कपको समेत आयोजना गर्दै आएका छौँ । युवाहरुको प्रतिभा अघि बढाउन समेत हामी लागी परेको अवस्था छ । यसरी हामी व्यवसाय र समाज सेवा दुवैमा काम गर्दै आएका छौँ । हाम्रो उत्पादनलाई जनताले व्यवस्थित गरेर मात्रा मिलाएर सेवन गर्दा राम्रो हुने कुरामा जोड दिन चाहान्छु ।

व्यक्तिगत रुपमा विभिन्न वृद्धाश्रममा सहयोग गर्दै आएका छु । साथै, कम्पनीपनि सामाजिक उत्तरदायित्व बहन गर्न लागि परेको छ । हाम्रो नयाँ व्यवस्थापन टिम आएको १ वर्ष भएको छ । म जनमानसमा रक्सीलाई कारण बनाउने गरी भन्दा पनि व्यवस्थापन गरेर सेवन गर्नमा जोड दिन्छु ।

काम कै दौरानमा हालसम्म मैले धेरै थरीका व्यक्तीहरुसँग संगत गर्ने अवसर प्राप्त गरेँ । तर, कम्पनीका अहिलेका चेयर म्यान राजेशवीर सिंह तुलाधार सरसँग म निकै नै प्रभावित छु । उहाँको कायैशैली वास्तव मै जो कोहीलाई प्रभाव पार्ने किसिमको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.