७ दिन भित्र कर नबुझाए राजश्व कार्यालय बालाजुले १८१ व्यवसायिक संस्थाको कारोबार रोक्का गर्ने

  २०७६ वैशाख ११ गते ९:४०     विकासन्युज

काठमाडौँ । आन्तरिक राजश्व कार्यालय बालाजु काठमाडौले मूल्य अभिवृद्धि कर(भ्याट) र आयकर रकम बक्यौता नतिर्ने १८१ वटा व्यवसायिक संस्था र फर्महरुलाई कर तिर्न ताकेता गरेको छ ।

विभिन्न मितिमा बक्यौता बुझाउन फोन सम्पर्क, पत्राचार र संकलन भ्रमण समेत गरी बक्यौता रकम दाखिल गर्न भनिएकोमा हालसम्म पनि बुझाएका छैनन् ।

१८१ व्यवसायिक संस्था र फर्मलाई ७ दिन भित्र बक्यौता रकम बुझाउन वा बुझाएको भए प्रमाण पेश गर्न अनुरोध गरेको छ ।

यो अवधि भित्र बक्यौता नबुझाएमा मूल्य अभिबृद्धि कर ऐन २०५२ को दफा २१ तथा नियमावली २०५३ को नियम ५२ र ५३, अन्तशुल्क ऐन २०५८ र आयकर ऐन २०५८ को दफा १०४ देखि १११ सम्मको कुनै प्रक्रिया वा मूल्य अभिबृद्धि कर ऐन २०५२ को दफा २१(१) बमोजिम तरिका अपनाई व्यवसायिक कारोबार रोक्का, बैंक खाता रोक्का र घरजग्गा रोक्का लगायतका कारवाही गरि बक्यौता असुल गरिने कार्यालयले जनाएको छ ।

बक्यौता रकम नतिर्नेहरुको सूचि:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.