भूकम्पले राजधानी हल्लायो, मानिसहरु आत्तिएर सडकमा

  २०७६ वैशाख ११ गते ७:०३     विकासन्युज


काठमाडौं । राजधानीमा शक्तिशाली भूकम्प गएको छ । बुधबार विहान ६ बजेर २९ मिनेटमा राजधानीलाई भूकम्पले हल्लाएपछि मानिसहरु आत्तिएर घर बाहिर निस्किएका थिए । सबेरै सडक, चोक तथा खुला स्थानहरुमा मानिसहरुको बास्लो उपस्थिति देखिन्थ्यो ।

भूकम्प मापन केन्द्रकाअनुसार विहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टरको भूकम्प गएको हो । भूकम्पले  भारतकाे सीमा क्षेत्रमा समेत हल्लाएकाे छ ।

सामाजिक सञ्जालमा ठूलो भूकम्प गएको र आफू सुरक्षित रहेको भनाई पोष्ट भईरहेका छन् । २०७२ बैशाख १२ को विनाशकारी भूकम्पलाई स्मरण गराउँदै बैशाख ११ गते भूकम्पले इभ मनाएको भनाई समेत सामाजिक सञ्जालमा देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.