नबिल इन्भेष्टमेन्ट ब्यालेन्स फण्ड २ मा ७२ करोडको आवेदन

  २०७६ वैशाख १० गते १९:११     विकासन्युज

काठमाडौं । नबिल इन्भेष्टमेन्ट ब्यालेन्स फण्ड २ मा हालसम्म ७२ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड(नबिल इन्भेष्टले गत बिहीबारदेखि सार्वजनिक गरेको इकाईमा सोमबारसम्म सो मात्राको आवेदन परेको हो ।

नबिल इन्भेष्टका प्रमुख कार्यकारी अधिकृत सबिर बाँदे श्रेष्ठका अनुसार वैशाख ९ गतेसम्म १८ हजार ४०० जनाले सो मात्राको फण्ड माग गरेका बताएका छन् । इन्भेष्टले माग गरेअनुसार अब कुल ४८ करोडको आवेदन पर्न बाँकी रहेको छ ।

नबिल इन्भेष्टले आफ्नो तेश्रो योजना अन्तर्गत प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको फण्ड बिक्री गरिरहेको छ । इन्भेष्टले वैशाख ५ गते अर्थात बिहीबारदेखि १२ करोड इकाई सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

इच्छुक लगानीकर्ता(व्यक्ति तथा संस्था)ले यस योजनामा न्युनतम एक हजारदेखि १२ करोड रुपैयाँसम्म लगानी गर्न सक्नेछन् । लगानीकर्ताहरुले अन्य धितोपत्र बिक्री गरेजस्तै गरी आफ्नो सी आश्वा खाता रहेको बैंक वा मेरो सेयरमा लगइन गरी अनलाईन आवेदन गर्न सक्ने छन् ।

यो एक बन्दमुखी योजना हो जसको आकार एक अर्ब २० करोड रुपैयाँ रहेको छ । जसको अवधि १० वर्षको रहेको छ । नबिल इन्भेष्टमेण्ट बैंकिंगले यस अघि नबिल ब्यालेन्स फण्ड १ र नबिल इक्विटी फण्ड सञ्चालनमा ल्याइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.