‘राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन’ शुरु, युवा बैज्ञानिकबीच प्रतियोगिता हुने

  २०७६ वैशाख १० गते १८:५१     विकासन्युज


काठमाडौँ । राजधानीको खुमलटारस्थित राष्ट्रिय प्रकृती संरक्षण कोषमा मंगलबार ‘राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन’ सुरु भएको छ । बैशाख १० र ११ गते २ दिन सम्म चल्ने उक्त कार्यक्रममा मुलुकका विभिन्न जिल्लाका युवा वैज्ञानिकहरुको सहभागीता रहने पाइन्छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश नम्बर ३ को आयोजनामा तथा व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र(रिकास्ट) र त्रिभुवन विश्वविद्यालय काठमाडौँको समन्वयमा कार्यक्रम भएको हो ।

कार्यक्रममा देशभरबाट छानिएका विज्ञान तथा प्रविधिकोे क्षेत्रमा अनुसन्धानरत ४० वर्ष सम्मका युवा वैज्ञानिक तथा सिर्जनशील युवाहरुलाई निबन्ध लेखन, कलाकारिता तथा पोष्टर प्रदर्शनी र अनुसन्धान पत्र प्रस्तुतिकरणको समेत प्रतियोगिता हुनेछ ।

कार्यक्रममा प्रदेश ३ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले सभापतित्व गरेका थिए भने सोही प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रममा नेपाल विद्युत प्रधिकरणका सिइओ कुलमान घिसिङ, देउराली जनता फर्मासिटिकल्सका सिइओ हरिभक्त शर्मा लयागतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.