रसुवागढी र साञ्जेनको आईपीओ भर्ने म्याद थपियो, अब कहिलेसम्म भर्न पाइन्छ ?

  २०७६ वैशाख १० गते १८:३८     विकासन्युज

काठमाडौं । रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनी लिमिटेडको आईपीओ भर्ने म्याद थपिएको छ । नेपाल धितोपत्र बोर्डले मंगलबार उक्त आईपीओ निष्काशन गर्ने बिक्री प्रबन्धकहरुलाई एक पत्रचारमार्फत सेयर भर्ने म्याद थप्न निर्देशन दिएको हो ।

‘मेरो सेयरबाट सेयर भर्दा सीडीएससीको सफ्टवेरमा समस्या आएपछि लगानीकर्ताहरुले बोर्डमा बारम्बार गुनासो व्यक्त गरेकाले थप दुई दिन समय थप्न बोर्डले हामीलाई निर्देशन दिएको छ ।’ रसुवागढीकाे बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका प्रमुख सञ्चालन अधिकृत सन्दिप कार्कीले विकासन्युजसँग भने ।

सोही अनुसार अब आगामी दुई दिन अर्थात वैशाख १२ गतेसम्म इच्छुक लगानीकर्ताले सेयरमा आवेदन दिन पाउने कार्कीले बताए ।

वैशाख ६ गतेदेखि बिक्री खुला भएको यी दुबै कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परिसकेको छ । मंगलबारसम्म रसुवागढीकोमा आईपीओमा करिब एक अर्ब ५४ करोड रुपैयाँबराबरको आवेदन परेको छ । सो दिन साँझ ५ बजेसम्म २ लाख ५४ हजार आवेदकले सो मात्राको सेयरको लागि आवेदन दिएका सिद्धार्थ क्यापिटलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.