आशा लघुवित्तले कञ्चनपुरको बेलौरीमा ५८ जनालाई दियो तालिम

  २०७६ वैशाख १० गते १६:४०     विकासन्युज


काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले कञ्चनपुरको बेलौरीमा सीपमूलक तालिम संचालन गरेको छ । शाखा कार्यालय बेलौरी कञ्चनपुरमा आबद्ध सदस्यहरु मध्ये ५८ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने साबुन तथा सर्फ बनाउने तालिम प्रदान गरेको हो ।

तालिम कार्यक्रमलाई उद्घाटन गर्दै शाखा प्रमुख सरिता भट्टले यस्ता सीपमूलक तालिमहरुबाट यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिनुभएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा साबुन तथा सर्फ बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै ४०० जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको जनाएको छ ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.