नेप्से सामान्य अंकले बढेर १२६० बिन्दुमा, छिमेक लघुवित्तको मात्रै ७ करोडको कारोबार

  २०७६ वैशाख १० गते १५:४०     विकासन्युज

काठमाडौं । मंगलबारको नेप्से परिसूचक सामान्य ३.७४ अंकले उकालो लागेको छ । सोमबारको तुलनामा मंगलबारको नेप्से परिसूचक ०.३० प्रतिशतले बढेर १२६०.६८ अंकमा पुगेको छ ।

परिसूचकमा सामान्य सुधार देखिएतामा पनि कारोबार रकममा भने गिरावट भएको छ । मंगलबारको बजारमा कुल ६१ करोड ४१ लाख ४७ हजार ४११ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा करिब ४२ करोड घटी हो । सोमबारको बजारमा कुल एक अर्ब ३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

मंगलबार सबैभन्दा बढी छिमेक लघुवित्त विकास बैंकको सेयर कारोबार भएको छ । लघुवित्तको एकैदिन साधारण र संस्थापक सेयर गरी कुल ७ करोड ५० लाख ४६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी साधारण सेयर ४ करोड ९६ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने बाँकी २ करोड ५३ लाख ८० हजार कित्ता संस्थापक सेयर किनबेच भएको छ । त्यस्तै, संस्थाको साधारण सेयरको मूल्य प्रतिकित्ता १०२१ रुपैयाँ रहेको छ भने संस्थापक सेयरको मूल्य प्रतिकित्ता ५६४ रुपैयाँ रहेको छ ।

बजारमा कारोबारमा आएका समूहमध्ये बैंकिङ, विकास बैंक, फाइनान्स, निर्जीवन बीमा र उत्पादनमूलक समूह हरिया देखिएका छन् । बाँकी ट्रेडिङ्, होटल, जलविद्युत्, जीवन बीमा, माइक्रोफाइनान्स र अन्य समूह राताम्मे देखिएका छन् ।

सो दिन सबैभन्दा बढी एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले मंगलबार मात्रै ९.८९ प्रतिशत कमाएका हुन् । सोमबारको तुलनामा मंगलबार इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ३५ रुपैयाँले बढेर ३८९ रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.